बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायी लगायतको भूमिकाबारे समीक्षा गरिएको थियो ।

 

छलफलका क्रममा व्यवसायीहरुले बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव नभएको बताए । पश्चिम एशियाको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले ७.१ किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः १४.२ किलोग्रामको भरी सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरुको धारणा थियो ।व्यवसायीहरुले पहिलेभन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताहरुले आवश्यकभन्दा बढी भण्डारण गर्ने गरेकाले समस्या निम्तिएको बताएका छन ।बैठकमा ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिनेबारे निर्णय भएको छ ।

 

साथै, आगामी दशैं तथा चाडपर्वमा हुने उच्च मागलाई मध्यनजर गर्दै आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने समेत बैठक मार्फत निर्णय भएको छ ।मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरोकारवालासँग आगामी दिनमा पनि छुट्टै ढंगले छलफल जारी राख्ने बताउनु भयो ।छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, सहसचिव नेत्रप्रसाद सुवेदी, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी, नेपाल आयल निगमका कार्यकारी निर्देशक दीपक बराल, ग्यास उद्योगीहरुको छाता संगठनका पदाधिकारी तथा उद्योगी कृष्णभक्त श्रेष्ठ, सुरेन्द्रराज पौड्याल, अमित अग्रवाल, रुद्रप्रसाद कोइरालालगायतको उपस्थिति थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव