मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट साभार गरिएका गीतहरू समेटिएको एल्बम मिलापको आयोजनामा काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो । चलचित्र निर्देशक माधवराज खरेलको सहजीकरणमा सम्पन्न कार्यक्रमको सभापतित्व मिलापका प्रधान सम्पादक कृष्ण भुसालले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा शिक्षाविद् डा. यज्ञेश्वर निरौला उपस्थित हुनुन्थ्यो।

कार्यक्रमको प्रारम्भमा गायक रमेश पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यिक सिर्जनालाई संगीतमार्फत नयाँ पुस्तासम्म पु¥याउने अभियानमा ‘जागृति’ महत्त्वपूर्ण कोशेढुंगा बन्ने विश्वास व्यक्त गर्नु भयो । समारोहमा एल्बममा समावेश पाँच गीत क्रमशः ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ सार्वजनिक गरिएको थियो । यीमध्ये ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’मा कीर्तिमानी संगीतकार तथा गायक श्रेष्ठको स्वर रहेको छ भने ‘बित्छ बिहान आमाको’मा ज्ञानु राणा तथा ‘गाउँछौँ अब लौ आमाका गीत’मा रमेश पाठकको स्वर सुन्न सकिन्छ । सबै गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । कार्यक्रममा उपस्थित अतिथिहरूले सबै गीतको श्रव्य–दृश्य प्रस्तुति अवलोकन गरेका थिए ।

 

शुभकामना मन्तव्यका क्रममा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, साहित्यकार राधेश्याम लेकाली लगायतलले दाहालका काव्य सिर्जनाले राष्ट्र, समाज, मानवता र सांस्कृतिक चेतनालाई मुखरित गरेको उल्लेख गर्दै संगीतमार्फत ती कृतिले अझ व्यापक पहुँच बनाउने विश्वास व्यक्त गर्नु भएको छ। संगीतकार सन्तोष श्रेष्ठले काव्यमा भएका श्लोकहरूलाई गीतका रुपमा प्रस्तुत गर्ने कठिन काम भएको बताउँदै सकेसम छन्द भंग नगरिकन प्रस्तुत गरिएको बताउनु भयो । स्रष्टा खेमनाथ दाहाल आफ्ना काव्यमा रहेका सिर्जनलाई गीतका रूपमा आएकोमा खुशी व्यक्त गर्दै सम्बन्धित सबैलाई धन्यवाद दिनु भयो।

 

प्रमुख अतिथि डा. यज्ञेश्वर निरौलाले साहित्य र संगीत एक–अर्काका परिपूरक विधा भएको उल्लेख गर्दै महाकाव्यका भाव, दर्शन र जीवनदृष्टिलाई गीतमार्फत जनमानससम्म पु¥याउने प्रयासको प्रशंसा गर्नु भयो। उहाँले नेपाली भाषा, साहित्य र मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा यस्ता सिर्जनात्मक अभियानले महत्त्वपूर्ण योगदान पु¥याउने धारणा राख्नु भयो। सोही अवसरमा साहित्यकार डा. विलोल पोखरेललाई साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप मिलापले तयार पारेको वर्ष १७ अङ्क १ को ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो । सम्मानपछि उहाँले आफ्ना भनाइ राख्दै सिर्जनाको सम्मान भनेको समग्र साहित्यिक समुदायको सम्मान भएको बताउनु भयो । सो अवसरमा उहाँले एक कविता पनि वाचन गर्नु भएको थियो ।

 

समारोहको अन्त्यमा सभापति कृष्ण भुसालले साहित्य र संगीतको सहकार्यले नेपाली सिर्जनशीलताको नयाँ आयाम निर्माण गरिरहेको उल्लेख गर्दै ‘जागृति’ले नेपाली काव्य र संगीतप्रेमीमाझ दीर्घकालसम्म सकारात्मक प्रभाव छाड्ने विश्वास व्यक्त गर्नु भयो। उहाँले यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिन सबै साहित्यप्रेमी, कलाकार र सांस्कृतिक संस्थाहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्नु भएको थियो। समारोहमा उषा दाहाल, वरिष्ठ साहित्यकार लेखनाथ पोखरेल, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, संगीत सम्पादक प्रकाश मिश्र, भिडियो छायाँकार तथा सम्पादक राजन खरेल, साहित्यकार शैलेन्द्र चापागाईं, कलाकार शीला गजुरेल, गायक गणेश पराजुली तथा पत्रकार स्वस्तिका पन्थी, राजेन्द्र दाहाल, दीपा दाहाललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन