सुकुम्बासीहरुको स्वास्थ्य परीक्षण ,३० प्रतिशतमा उच्च रक्तचाप

काठमान्डौं,२० साउन । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरमा राखिएका थापाथली बागमती किनारका सुकुम्बासीहरुको स्वास्थ्य अवस्था परीक्षण गर्दा लामो समयदेखिको जोखिमपूर्ण जीवनको असर देखिएको छ।

वर्षौंदेखि नदी किनारमा असुरक्षित बसोबास गर्दै आएका उनीहरुमा उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, मानसिक समस्या लगायतका रोग देखिएका छन्। दशरथ रंगशालामा गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा मात्रै करिब ३० प्रतिशतमा उच्च रक्तचाप, १५ प्रतिशतमा मधुमेह र अन्य विभिन्न स्वास्थ्य समस्या देखिएको थियो।

चिकित्सकका अनुसार प्रदूषित पानी, फोहोर, बाढीको जोखिम र असुरक्षित बसाइका कारण उनीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर परेको छ। केही परिवारले बाढी, रोग र दुर्घटनाका कारण आफन्तसमेत गुमाएका छन्।

होल्डिङ सेन्टर पुगेपछि भने नियमित स्वास्थ्य परीक्षण, उपचार र मनोसामाजिक परामर्श सुरु भएको छ। आँखा, मुटु, मानसिक स्वास्थ्य तथा दीर्घरोग भएका व्यक्तिहरुलाई अस्पतालसम्म पु¥याएर उपचारको व्यवस्था भइरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइयो

काठमाडौं,२१ साउन । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ।बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

काठमाडौं,२१ साउन । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ

आगामी चुनाव नेपालका लागि पासो होः दुर्गा प्रसाईं

काठमाडौं,२१ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था हटाइएपछि नेपालमा विदेशी चलखेल बढेको दाबी गर्दै आगामी फागुन २१ गते हुने चुनावलाई नेपाल र नेपालीका लागि

श्रद्धाञ्जली सभामा रास्वपा सांसदको राजनीतिक भाषणपछि विवाद

सिरहा,२१ साउन । सुनसरीको देवानगञ्ज र त्यसपछि सिरहाको गोलबजारमा भएको घटनामा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको सम्झनामा बिहीबार गोलबजारस्थित उद्योग व्यापार संघको सभाहलमा आयोजित

‘स्टार्टअप समिट नेपाल–२०२६’ राष्ट्रिय अभियान सुरु

काठमाडौं,२१ साउन । नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ गरिएको छ ।

धर्मका नाममा विवाद र हिंसा स्वीकार्य छैन : अध्यक्ष अली

काठमाडौं,२१ साउन । मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदाय नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सबै क्षेत्रमा पछाडि परेको तथ्याङ्कले देखाएको भन्दै त्यसमा