लाल बकैयाको बाढीले हुलाकी राजमार्ग ठप्प, जोखिमपूर्ण यात्रा गर्न बाध्य

रौतहट,२१ साउन । निरन्तरको वर्षासँगै लाल बकैया खोलामा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग पूर्ण रूपमा डुबानमा परेको छ । सडकमाथि कम्मरसम्म आउने बाढीको पानी ओभरफ्लो भएर बगिरहेको भए तापनि स्थानीय बासिन्दा, यात्रु र सवारी चालकहरू ज्यानको बाजी थापेर जोखिमपूर्ण यात्रा गर्न विवश छन् ।राजपुर नगरपालिका अन्तर्गत पर्ने फतुवा पुलको पश्चिम तर्फको लचकामा लाल बकैया खोलाको बाढीले उग्र रूप लिएको हो । सडक जलमग्न भई तीव्र बहाव हुँदा समेत दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य उपचार र आकस्मिक काम सल्टाउनका लागि सर्वसाधारणहरू त्यही उर्लँदो भेलमा हेलिएर बाटो काटिरहेका छन।

 

हुलाकी राजमार्ग तराई–मधेसको लाइफलाइन मानिन्छ । यो खण्ड रौतहटलाई छिमेकी जिल्ला र अन्य स्थानीय तहहरूसँग जोड्ने सबैभन्दा छोटो र महत्त्वपूर्ण मार्ग हो । यही मार्ग भएर दैनिक रूपमा सयौँ मोटरसाइकल, साना चारपांग्रे सवारी साधन, एम्बुलेन्स र पैदल यात्रीहरू आवतजावत गर्छन ।वर्षायाम सुरु हुनासाथ यो सडक खण्ड टापु जस्तै बन्ने गरेको छ । यस क्षेत्रमा अन्य कुनै वैकल्पिक सडक वा डाइभर्सनको व्यवस्था नहुँदा स्थानीय नागरिकसँग जोखिम मोल्नुको अर्को कुनै विकल्प छैन ।‘बजार जानु पर्छ, बिरामी पर्दा अस्पताल पुग्नु पर्छ, बाटो बन्द गरेर घरमै भोकै बस्न सकिँदैन,’ एक स्थानीय यात्रुले आक्रोश पोख्दै भने, ‘ज्यान त हत्केलामा छ, तर बाध्यताले खोला जस्तै बगेको सडक पार गर्नै पर्छ ।’

 

बाढीको बहाव र गति लगातार बढिरहेकाले हुलाकी राजमार्गको उक्त खण्डमा जुनसुकै बेला ठुलो दुर्घटना हुन सक्ने खतरा बढेको छ । तीब्र बहावका कारण साना सवारी साधनहरू बगाउने जोखिम उच्च छ ।सम्भावित मानवीय क्षति रोक्नका लागि उक्त स्थानमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ । सुरक्षाकर्मीहरूले बाढी प्रभावित सडक खण्डमा सूक्ष्म निगरानी राखिरहेका छन् । पानीको सतह र बहाव अझै बढेमा दुर्घटना टार्नका लागि तत्कालै सडक पूर्ण रूपमा बन्द गराइने सुरक्षा स्रोतले जनाएको छ ।जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनका अनुसार जल स्तर अझै बढ्न सक्ने सम्भावना छ । वर्षा निरन्तर भइरहेकाले लाल बकैया नदी आसपासका तटीय क्षेत्रका बासिन्दा तथा सोही मार्ग प्रयोग गर्ने यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र विना काम जोखिमपूर्ण यात्रा नगर्न स्थानीय प्रशासनले सार्वजनिक अपिल समेत गरेको छ ।

 

यो समस्या राजपुरबासीका लागि नयाँ भने होइन । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै लाल बकैया खोलाले हुलाकी राजमार्गको यो खण्डलाई बगाउने वा डुबाउने गर्छ । हिउँदमा सरकारी निकायले ध्यान नदिने र वर्षामा जनताले सास्ती भोग्नुपर्ने नियति वर्षौँदेखि दोहोरिँदै आएको छ । स्थानीय बासिन्दा र नागरिक समाजले यो मौसमी सास्तीको दीर्घकालीन समाधान खोज्न सरकारसँग जोडदार माग गरेका छन् । समयमै स्थायी संरचना नबनाए कुनै पनि दिन यहाँ ठुलो मानवीय विपत्ति आउन सक्ने चेतावनी स्थानीय अगुवाहरूले दिएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना