मुगु–हुम्ला जोड्न कर्णालीमा बेलीब्रिज निर्माण गरिने

मुगु,२१ साउन । मुगु र हुम्लालाई जोड्ने कर्णाली नदीमाथि बेलीब्रिज निर्माण हुने भएको छ । सोरु गाउँपालिका–१० र ११ अन्तर्गत पर्ने दोमुख–सिनेखर्क क्षेत्रमा तत्कालका लागि बेलीब्रिज निर्माण प्रक्रिया अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ ।लामो समयदेखि निर्माण अलपत्र रहेको दोमुख मोटरेबल पुलको विकल्पका रूपमा बेलीब्रिज जडान गर्न लागिएको हो । सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको पहलमा बेलीब्रिज निर्माणका लागि आवश्यक संरचना निर्माण, जडान तथा ढुवानी खर्च गाउँपालिकाले नै व्यहोर्ने प्रतिबद्धतासहित सडक विभाग चाकुपाट, ललितपुरमा प्रस्ताव पेश गरिएको थियो ।

 

सोही पहलपछि हुम्लाको खार्पुनाथ गाउँपालिका क्षेत्रमा रहेको चुवाखोलास्थित कर्णाली नदीको बेलीब्रिज दोमुखमा स्थानान्तरण गर्ने विषयमा कर्णाली प्रदेश सरकार तथा सम्बन्धित निकायबीच सहमति जुटेको छ । २०८३ साउन १४ गते भएको सहमतिअनुसार सडक विभागले बेलीब्रिज उपलब्ध गराउने र आवश्यक जडान तथा संरचना निर्माणको खर्च सोरु गाउँपालिकाले व्यहोर्ने जनाइएको छ ।बेलीब्रिज निर्माण सम्पन्न भएपछि मुगुको सोरु गाउँपालिकाको धैन क्षेत्र, हुम्लाको अदान्चुली गाउँपालिका तथा कर्णाली करिडोरसँग जोडिएका बस्तीका नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । हाल वर्षायाममा कर्णाली नदीका कारण स्थानीयले शिक्षा, स्वास्थ्य, व्यापार, आपत्कालीन सेवा तथा दैनिक आवतजावतमा ठूलो समस्या भोग्दै आएका छन् । पुल सञ्चालनमा आएपछि यी समस्या धेरै हदसम्म समाधान हुने विश्वास गरिएको छ ।

 

स्थानीयवासीका अनुसार बेलीब्रिज सञ्चालनमा आएपछि कर्णाली करिडोर हुँदै रारा जाने छोटो मार्गसमेत थप सहज हुनेछ । यसले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउनुका साथै स्थानीय उत्पादन, व्यापार तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।लामो समयदेखि प्रतीक्षामा रहेको दोमुख मोटरेबल पुल निर्माण अलपत्र परेपछि तत्काल नागरिकलाई सेवा उपलब्ध गराउने उद्देश्यले बेलीब्रिज निर्माणको निर्णय गरिएको हो ।

 

यसका लागि सोरु गाउँपालिका, सडक विभाग, पूर्वाधार विकास कार्यालय मुगु, जिल्ला समन्वय समिति मुगु, कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायबीच समन्वय भएको छ ।बेलीब्रिज निर्माणको पहल सफल भएपछि स्थानीयले सम्बन्धित निकाय तथा निरन्तर आवाज उठाउने सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले पुल सञ्चालनमा आएपछि मुगु र हुम्लाका हजारौँ नागरिकको जीवन सहज हुने विश्वास व्यक्त गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना