ढक ,तराजु तथा नापतौलका उपकरण छन? यी काम नगरे परिएला सरकारी फन्दामा

दमक,२१ साउन । कपडा नाप्ने रडवाला मिटर, खाद्यान्न तथा तरकारी नाप्ने तराजु र त्यहा प्रयोग गरिएको ढक, अनि तरल पदार्थ नाप्ने लिटर वा अन्य उपकरण जे सुकै होस तपाईले कुनैपनी सामान नापेर वा तौलेर बेच्नुहुन्छ भने तपाईं सचेत बन्नुहोस । किनकी तपाईले ती नापतौलका उपकरण वार्षिक नविकरण गर्नु भएन, अध्यावधिक गर्नु भएको छैन भने तपाईलाई सरकारले जरिवाना तिराउने छ ।

किन ? किनकी यसरी अध्यावधिक नगरी, नविकरण नगरी कुनैपनी सामान , वस्तुको नापचाज गरेर क्रेता अर्थात ग्राहकलाई बेच्नुभयो भने त्यो उपभोक्तामा गरिएको ठगी हुन सक्ने बताईएको छ । गुणस्तर तथा नापतौल कार्यालय झापाका सहायक निरिक्षक अमित कुमार र्कणले नापजाँचको त्यो उपकरणको शुद्धता , परिणाममा एकरुपता ल्याउन र उपभोक्ता आफ्नो परिणाममा ठगिमा पर्न नपरोस भनेर यसरी बर्सेनि नापजाँच गर्नै पर्ने बताउनु भयो ।

 

उसो त यो हरेक वर्ष आफ्ना नापतौलका उपकरणको सामान बोकेर गुणस्तर तथा नापतौल कार्यालयमै गएर नविकरण , दर्ता तथा अबस्थाको परिक्षण गराउनै पर्छ । तर नापतौलको कार्यालय चन्द्रगढिमा मात्र भएकोले दमकका व्यवसायीको सहजताका लागि नापतौल कार्यालयको प्राविधिक र अधिकृत तहसम्मको टोली दमक उद्योग वाणिज्य संघमै ल्याईएको छ । संघमा प्रथम उपाध्यक्ष रुबल अधिकारीका अनुसार यो घुम्ती सेवाले ब्यापारीलाई चन्द्रगढी सम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गरिएको र कुनै दुबिधा हुदा संघले सहजीकरण समेत गर्नेगरेको उहाले बताउनुभयो ।

 

दमक उद्योग वाणिज्य संघले दमकका व्यापारीका लागी यो सुबिधा हरेक वर्ष दिदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रतुवा र मावाको किनारका बस्ती हटाइने

दमक, १० असोज । दमक नगरपालिकाले बाढीको जोखिममा रहेका क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। शुक्रबार दमक नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको

कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढ्यो, ४३ ढोका खोलिए

सुनसरी |१० असोज| कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढेको छ। अहिले बिहानको  विवरणअनुसार ब्यारेजमा ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पानीको बहाव मापन

तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

  काठमाडौं । १० असोज |  नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी