राजस्व चुहावट रोक्न भ्याट बिल र प्रविधिको प्रयोगमा जोड

काठमाडौं,२२ साउन । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भ्याट बिल दिने–लिने संस्कृतिको विकासले राजस्व चुहावट नियन्त्रण गर्नुका साथै करको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ ।शुक्रबार आयोजित करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रममा बोल्दै उहाँले डिजिटल प्रणाली मार्फत कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘करदाताहरूलाई डिजिटल माध्यम अवलम्बन गर्न र बिल दिने–लिने संस्कारको विकास गरेर हाम्रो राजस्व चुहावट रोक्न तथा करको दायराबाहिर रहेकालाई औपचारिक र पारदर्शी ढंगले देश निर्माणमा सहभागी गराउन सहयोग पुग्छ भन्ने विश्वास छ । यसलाई हामी अझ सुधार्दै जानेछौं । प्रविधि (टेक्नोलोजी) र नीतिको संयोजनले आज यो सम्भव भएको हो।’अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य निकै महत्वाकांक्षी रहेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न करको दायरा विस्तार गर्नु आवश्यक रहेको बताउनु भयो।उहाँले भन्नु भयोे, ‘यो वर्ष हामीले एक हजार पाँच सय ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेका छौं। त्यसैले यस्तै कार्यक्रममार्फत करको दायरा फराकिलो बनाउँदै सबैलाई औपचारिक अर्थतन्त्रमा आबद्ध हुन प्रोत्साहन गर्ने उद्देश्य राखेका छौं। यो कार्यक्रम सफल हुन्छ भन्नेमा हामी अत्यन्त आशावादी छौं।’

 

भ्याट बिलको दुरुपयोग तथा नक्कली कारोबारका अभ्यासलाई निरुत्साहित गरिने बताउँदै उहाँले सुरुआती चरणमा दण्डात्मकभन्दा सचेतनामूलक उपाय अपनाइने स्पष्ट पार्नु भयो।उहाँले भन्नु भयो, ‘भ्याट बिल काट्ने–नकाट्ने तथा केही नक्कली कारोबारका अभ्यास पनि भएका छन्। त्यस्ता गतिविधिलाई हामी निरुत्साहित गर्छौं। सुरुमा दण्डभन्दा पनि नरम तरिकाले अघि बढ्छौं र सम्बन्धित पक्षलाई सम्झाउने प्रयास गर्नेछौं।’करदाता प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा यसले अन्तर्राष्ट्रिय स्तरमै उदाहरण बन्न सक्ने विश्वास पनि उहाँले व्यक्त गर्नु भयो ।उहाँले भन्नु भयो, ‘यो कार्यक्रम हामीले चाहेजस्तै सफल भयो भने अन्तर्राष्ट्रिय स्तरमा पनि यसको अनुकरण हुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना