काठमाडौं,२२ साउन । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले २०८२ भाद्र २४ गतेको जेनजी आन्दोलनमा आगजनीबाट नष्ट भएको विराटनगरस्थित कोइराला निवास पुनर्निर्माण तथा मर्मत संहारका लागि सरकारले दिएको रकम लिन आफू नैतिक रुपमा असमर्थ रहेको बताउनु भएको छ ।
डा कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता सम्बन्धि पत्र समेत पठाउनुभएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनु भयो ।
मन्त्रालयले बिराटनगरस्थित कोइराला निवास मर्मत संहारका लागि आर्थिक बर्ष २०८३।८४ को बजेट मार्फत दुई करोड रकम बिनियोजन गरेको थियो ।








