प्रदेशका कारणले खर्च बढेको होईन : शंकर पोखरेल

रामेछाप,२२ साउन । नेकपा एमालेका सचिव शंकर पोखरेलले प्रदेश सरकारका विरुद्ध फैलाइएको धारण सङ्घीयताको विपक्षमा रहेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल रामेछाप आबद्ध पत्रकारसँग शुक्रबार मन्थलीमा कुरा गर्दै उहाँले प्रदेशको कारण खर्च बढ्यो भन्ने कुरा लगत भएको दाबी गर्नु भयो ।

‘प्रदेश सरकारप्रति फैलाइएको धारणा सङ्घीयताको विपक्षमा छ, प्रदेशका कारणले खर्च बढ्यो भनिन्छ, त्यो अत्यन्त गलत हो’ उहाँले भन्नु भयो ।

तीनवटा तहका सरकारमध्ये सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने सरकार प्रदेश सकार नै भएको उहाँको भनाइ छ । ‘सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने सरकार चाहिँ काम लाग्दैन भन्ने, साधारण खर्च बढी गर्ने चाहिँ अपरिहार्य छ भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो उचित होइन’, उहाँले भन्नु भयो ।

पत्रकारसँग कुरा गर्दै पोखरेलले संघीयतामा प्रदेश नै मुख्य भएको स्पष्ट पारे । ‘प्रदेश छैन भने सङ्घीयता नै छैन, कि सङ्घीयता नै बेठिक हो भन्नेमा जानु प¥यो, सङ्घीयता ठिक हो भन्ने हो भने प्रदेशको भूमिकालाई स्विकार्नु पर्छ’, पोखरेलले भने ।

नेपालको राजनीतिक अस्थिरताको सबैभन्दा बढी सिकार प्रदेश भएको पनि उहाँले बताउनु भयो । सरकार धेरै परिवर्तन हुँदा जनतामा नैराश्यता बढेको उहाँको धारणा छ ।

पोखरेलले प्रदेश सरकारमा स्थिरता होस् भनेर नै कांग्रेससँग सहकार्य गरिएको भए पनि कांग्रेसले छाडेको कारण अहिलेको अवस्था आएको उहाँको भनाइ छ । कांग्रेसले नेतृत्व गरेको ठाउँमा मुख्यमन्त्रीले एमालेका मन्त्रीहरूलाई निकाले पछि यस्तो अवस्था आएको उहाँले बताउनु भयो ।

एमाले अहिले पनि कांग्रेस र नेकपा सहितको प्रदेश सरकारकै पक्षमा रहेको भए पनि कांग्रेस तीनपार्टी मिलेर सरकारमा जान तयार नरहेको उहाँले बताउनु भयो । यद्यपि मधेस प्रदेशमा तीनपार्टीसँग मिलेर कांग्रेसले नेतृत्व गरिरहेको उहाँले स्मरण गराउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना