संविधानको रक्षाका लागि सचेत रहन भीष्मराज आङ्देम्बेको आग्रह

काठमाडौं,२४ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधानको रक्षा गर्ने कार्यकारी निकायबाटै संविधानप्रति शंका उत्पन्न हुने गतिविधि भइरहेकाले त्यसतर्फ सचेत हुनुपर्ने बताउनु भएको छ ।३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले संविधानलाई ‘सगरमाथाभन्दा उचो’ बनाउने संकल्प व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भएको छ ।उहाँले संविधानको उपलब्धिमाथि पटक–पटक घोचपेच भइरहेकाले संविधानमाथि उत्पन्न भएको शंकाको कालो बादल पूर्ण रूपमा हटिसकेको अवस्थामा आफूहरू ढुक्क भएर बस्न नसक्ने बताउनु भयो ।

 

उहाँले भन्नु भयोे, ‘संविधानको रक्षा गर्नुपर्ने कार्यकारी निकायबाटै संविधानप्रति पटक–पटक घोचपेच भइरहेको छ । त्यसैले संविधानमाथि उत्पन्न भएको शंकाको कालो बादल हटिसकेको भनेर ढुक्क भएर बस्ने अवस्था छैन । संविधानलाई सगरमाथाभन्दा उचो बनाउने संकल्प व्यवहारमै कार्यान्वयन गर्नुपर्छ ।’आङ्देम्बेले नेपालको संविधानमार्फत आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसंख्यक, सीमान्तकृत, मुस्लिम तथा थारूलगायत समुदायका आवाज, पहिचान र विचारलाई संवैधानिक रूपमा सुनिश्चित गरिएको उल्लेख गर्नु भयो । उक्त उपलब्धि कसैको निगाहमा प्राप्त नभएको भन्दै उनले त्यसका लागि अग्रज, समकालीन र पछिल्लो पुस्ताका व्यक्तिहरूले लामो संघर्ष गरेको बताउनु भयो ।

 

‘यो उपलब्धि प्राप्त गरेर संविधानमा लेखाउन धेरै रगत र पसिना बगेको छ,’ उहाँले भन्नु भयोे, ‘आदिवासी जनजाति र यस उपलब्धिमाथि गर्व गर्ने सबै वर्ग तथा समुदायले बगाएको पसिना र रगत कसैको लहडमा बोलिने विषयवस्तु बन्नु हुँदैन ।’आङ्देम्बेले अधिकारका विषयमा सामाजिक सञ्जालमा आवाज उठाउने तर वास्तविक रूपमा शक्ति प्रदर्शन र एकता देखाउनुपर्ने समयमा समुदायका सदस्यहरू पछि हट्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताउनु भयो ।

 

‘कहिलेकाहीँ भीड आफ्नो उपस्थिति देखाउनका लागि हुन्छ भने कहिलेकाहीँ त्यही भीडमार्फत आफ्नो शक्ति र एकता प्रस्तुत गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नु भयो, ‘आदिवासी अधिकारका लागि फेसबुक, लेख तथा सामाजिक सञ्जालमा हामी धेरै ठूला कुरा गर्छौं। तर शक्ति प्रदर्शन र एकता देखाउनुपर्ने बेला फेरि घरकै कुनामा थन्किने अवस्था देखिन्छ। यसप्रति पनि हामी सचेत हुनुपर्छ ।’उहाँले आदिवासी जनजातिका अधिकार र संविधानले सुनिश्चित गरेका उपलब्धिको संरक्षणका लागि एकता र सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आदिवासी दिवसमा घिसिङद्वारा पहिचान र अधिकार संरक्षणको जोड

काठमाडौं,२४ साउन । विश्व आदिवासी दिवसका अवसरमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाललगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गर्नु भएको छ ।

‘समावेशीता नारामा होइन, व्यवहारमै देखिनुपर्छ’: उपराष्ट्रपति यादव

काठमाडौं,२४ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशीता केवल नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्ने बताउनु भएको छ

संविधानको रक्षाका लागि सचेत रहन भीष्मराज आङ्देम्बेको आग्रह

काठमाडौं,२४ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधानको रक्षा गर्ने कार्यकारी निकायबाटै संविधानप्रति शंका उत्पन्न हुने गतिविधि भइरहेकाले त्यसतर्फ सचेत हुनुपर्ने बताउनु

आदिवासी जनजातिका मुद्दा सम्बोधन गर्न संविधान संशोधन आवश्यक छ : जगत बराम

काठमाडौं,२४ साउन । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष जगत बरामले आदिवासी जनजातिका बाँकी मुद्दालई संवैधानिक रूपमा सुनिश्चित गर्न संविधान संशोधनमा बहसलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने

एनपीएल तेस्रो संस्करणः कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

काठमाडौं,२४ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम चलाउने

काठमाडौं,२४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै