राष्ट्रपति समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं,२५ साउन । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बिच आयोगका माननीय कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था रहेको छ ।

यो अवसरमा राष्ट्रपति पौडेलले आयोगले सम्पूर्ण मुस्लिम समुदायको हकहित संरक्षण तथा मुस्लिम समुदायको सशक्तीकरणका सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्था कार्यान्वयन भए नभएको विषय अध्ययन गरी नेपाल सरकारलाई सुझाव दिने काम मार्फत संविधानले सुनिश्चित गरेका समान अवसर र सामाजिक न्याय तथा सम्मानजनक सहभागिताको कार्यान्वयनमा विशेष योगदान पु¥याएको उल्लेख गरे ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चार वर्षमा पनि सुनसान गौतमबुद्ध विमानस्थलः पूर्वाधार तयार, उडान ठप्प

भैरहवा,२६ साउन । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमै छ ।आधुनिक

मन्त्रिपरिषद्का ५ निर्णय, शव वाहनमा लाग्ने कर छुट, अरु के के ?

काठमाडौं,२६ साउन । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट

कर्णालीमा विश्वासको मत भन्दा फ्लोर र सांसद किनबेच हुन्छ : केपी खनाल

काठमाडौं,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताउनु

मन्त्री सिता बादी र अष्ट्रेलियाली राजदूत बीच भेटवार्ता

काठमाडौं, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा

‘प्रधानमन्त्री कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ?’ : सांसद स्वाँर

काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारका कामकारबाही माथि प्रश्न उठाउनु भएको छ ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले

वर्षा र पहिरोले देशका ७ सडकखण्ड ठप्प

काठमाडौं,२६ साउन । वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ।प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको