राज्य किन मातृभाषा र पहिचानका विषयमा संवेदनशील हुन सकेन ? निष्कल राई

काठमाडौं,२५ साउन । नेपाली कांग्रेसका सांसद निष्कल राईले मातृभाषा, पहिचान र भाषिक अधिकारका विषयमा राज्य अझ संवेदनशील हुनुपर्ने बताउनु भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघले सोमबार आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै राईले मातृभाषा र पहिचान व्यक्तिको मात्र नभई सम्पूर्ण राष्ट्रसँग जोडिएको विषय भएको बताउनु भएको छ ।

मानिस जन्मिँदै कुनै निश्चित भाषा वा पहिचान रोजेर नआउने बताउँदै उहाँले प्रकृति, पहिचान, विविधता र संस्कारसँगै हाम्रो भाषा र पहिचान जोडिएर आउने उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘हामी जन्मदै यही भाषा अङगीकार गर्छु भनेर सोचेर जन्मेको हुँदैनौँ । प्रकृतिले हामीलाई त्यहाँ जन्माएको हुन्छ जहाँ पहिचान र विविधतासँगै जोडिएर आएको हुन्छ । सस्कारसँग जोडिएर आएको हुन्छ ।’

उहाँले मातृभाषाको संरक्षण र प्रवद्र्धन व्यक्तिगत तथा पारिवारिक विषय मात्र नभई राष्ट्रकै विषय भएको बताउनु भयो । त्यसका लागि राज्यले संवेदनशील हुन आवश्यक रहेको उहाँले बताउनु भयो ।

उहाँले पछिल्लो समय राज्य मातृभाषा तथा आदिवासी जनजातिका सवालमा अपेक्षाकृत संवेदनशील हुन नसकेको उहाँले बताउनु भएको हो।

उहाँले भन्नु भयो, ‘आदिवासी जनजातिका सन्दर्भममा बजेट भाषणबाटै स्पष्ट हुन्छ । थारु आयोग वा दलित आयोगमै छुटाइएको बजेटबाट प्रष्ट हुन्छ । राज्य त्यति संवेदनशील छैन् ।’

समूदायको आवाज उठाउने थलो संसद् मात्र नभई मातृभाषा, पहिचान र भाषिक अधिकारका लागि सामूहिक रूपमा आवाज उठाउनुपर्नेमा जोड दिनु भयो ।

यसैगरी, सांसद क्षितिज थेबेले मातृभाषाको संरक्षण, प्रवद्र्धन र अधिकारका लागि उठाइएका आवाजलाई संसद्मार्फत प्रभावकारी रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले मातृभाषासम्बन्धी सवाललाई विधेयक तथा राज्यको नीतिगत दृष्टिकोणबाट सम्बोधन गर्न पहल गर्ने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चार वर्षमा पनि सुनसान गौतमबुद्ध विमानस्थलः पूर्वाधार तयार, उडान ठप्प

भैरहवा,२६ साउन । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमै छ ।आधुनिक

मन्त्रिपरिषद्का ५ निर्णय, शव वाहनमा लाग्ने कर छुट, अरु के के ?

काठमाडौं,२६ साउन । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट

कर्णालीमा विश्वासको मत भन्दा फ्लोर र सांसद किनबेच हुन्छ : केपी खनाल

काठमाडौं,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताउनु

मन्त्री सिता बादी र अष्ट्रेलियाली राजदूत बीच भेटवार्ता

काठमाडौं, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा

‘प्रधानमन्त्री कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ?’ : सांसद स्वाँर

काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारका कामकारबाही माथि प्रश्न उठाउनु भएको छ ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले

वर्षा र पहिरोले देशका ७ सडकखण्ड ठप्प

काठमाडौं,२६ साउन । वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ।प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको