सल्यानका बेपत्ता श्रमिकको खोजी तीव्र बनाउन सांसदको आग्रह

काठमाडौं,२५ साउन । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्ले सल्यानका युवा बलदेव बस्नेत स्याङ्जाको आँधीखोलामा डुबेर बेपत्ता भएको भन्दै उहाँको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी र तीव्र बनाउन सरकारसँग माग गर्नु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदले सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का बस्नेत रोजगारीका लागि स्याङ्जाको गल्याङ नगरपालिका पुगेको र गल्याङ नगरपालिका–७ र ११ जोड्ने आँधीखोला पुल निर्माणमा श्रमिकका रूपमा कार्यरत रहेको जानकारी गराउनु भयो।

उहाँले भन्नु भयो,‘घरमा ३ वर्षकी नाबालिका छोरी र गर्भवती श्रीमतीलाई छोडेर रोजगारीका लागि सल्यानको सिद्धकुमाख गाउँपालिका–२ बाट स्याङ्जाको गल्याङ नगरपालिका पुगेका युवा बलदेव बस्नेत हिजो दिउँसोदेखि आँधीखोलामा डुबेर बेपत्ता हुनुहुन्छ।’

बस्नेतका आफन्तहरू सल्यानबाट घटनास्थल पुगेर खोजी कार्यमा जुटिरहेको भए पनि सरकारी तदारुकता र निर्माण व्यवसायी गम्भीर नभएको परिवारको गुनासो रहेको उहाँले बताउनु भयो।

त्यस्तै, उहाँले पश्चिम सल्यानको बनगार र पूर्वी सुर्खेतको सिम्ता क्षेत्र लामो समयदेखि खडेरीको चपेटामा परेको विषयमा समेत सरकारको ध्यानाकर्षण गराउनु भयो।

किसानले अहिलेसम्म रोपाइँ गर्न नसकेको र ब्याडहरू सुकिरहेको भन्दै उहाँले तत्काल सुक्खाग्रस्त क्षेत्र घोषणा गरी किसानलाई राहत, बीउ तथा मल उपलब्ध गराउन माग गर्नु भयो।

‘तीनै तहका सरकारको आपसी समन्वयमा तत्काल सुक्खाग्रस्त क्षेत्र घोषणा, किसानलाई राहत तथा बीउ मलको व्यवस्थापन, खानेपानी र पशुका लागि पानीको आपत्कालीन व्यवस्थापन गरियोस्,’ उहाँले भन्न्ुा भयो।

नजिकै बग्ने भेरी नदीबाट लिफ्ट सिँचाइ विस्तारको सम्भावना रहेको भन्दै उहाँले भेरी किनारका उत्पादनशील तर सुक्खाग्रस्त जमिनमा तत्काल सिँचाइको व्यवस्था गर्न माग गर्नु भयो।

दीर्घकालीन रूपमा जलवायु अनुकूल कृषि, सानाठूला जलसञ्चय आयोजना, पोखरी तथा रिजर्भ संरचना, सिँचाइ, वृक्षारोपण र वन संरक्षणलाई अभियानका रूपमा अघि बढाउनुपर्ने उहाँले बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चार वर्षमा पनि सुनसान गौतमबुद्ध विमानस्थलः पूर्वाधार तयार, उडान ठप्प

भैरहवा,२६ साउन । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमै छ ।आधुनिक

मन्त्रिपरिषद्का ५ निर्णय, शव वाहनमा लाग्ने कर छुट, अरु के के ?

काठमाडौं,२६ साउन । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट

कर्णालीमा विश्वासको मत भन्दा फ्लोर र सांसद किनबेच हुन्छ : केपी खनाल

काठमाडौं,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताउनु

मन्त्री सिता बादी र अष्ट्रेलियाली राजदूत बीच भेटवार्ता

काठमाडौं, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा

‘प्रधानमन्त्री कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ?’ : सांसद स्वाँर

काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारका कामकारबाही माथि प्रश्न उठाउनु भएको छ ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले

वर्षा र पहिरोले देशका ७ सडकखण्ड ठप्प

काठमाडौं,२६ साउन । वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ।प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको