ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने मन्त्री मेहताको भनाई

काठमाडौं,२५ साउन । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पार्नु भएको छ ।

उहाँले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको बताउनु भएको हो।

सोमबार प्रतिनिधि सभामा जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताउनु भयो ।

मन्त्री मेहताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको छ। लहानस्थित प्रादेशिक अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैंकलगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार रहेकाले त्यहाँ तत्काल ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको मन्त्री मेहताले बताउनु भयो ।

‘लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन,’ मन्त्री मेहताले भनिन्,‘नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो।’

मन्त्री मेहताले एक ठाउँमा दीर्घकालीन स्वास्थ्य संरचना निर्माण भइरहँदा अर्को ठाउँमा तत्काल सेवा विस्तार गर्नु विरोधाभास नभएको बताइन् । सरकारको नीति नै आवश्यकताअनुसार देशका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने रहेको उनको भनाइ छ।

‘हाम्रो उद्देश्य एउटै हो– दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाऊन् र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्,’ मन्त्री मेहताले भनिन् ।

मन्त्री मेहताले ढल्केबरमा निर्माण भइरहेको संरचनालाई अगाडि बढाउन तथा उपलब्ध पूर्वाधारबाट तत्काल नागरिकलाई सेवा दिने वातावरण बनाउन जनप्रतिनिधि र सम्बन्धित सबै पक्षलाई सहयोग गर्न समेत आग्रह गरिन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

काठमाडौं,२५ साउन । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज, कागजात, तथ्य तथा प्रमाणको संरक्षणलाई सरकारले गम्भीरताका साथ अघि बढाएको बताएका छन्। सोमबार बसेको

विराटनगर जुट मिल फेरि सञ्चालन गर्ने तयारीमा

विराटनगर , २५ साउन ।वर्षौंदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने तयारी सरकारले थालेको छ। मिलको आर्थिक, प्राविधिक र कानुनी अवस्था अध्ययन गर्न

चार महिनापछि कूटनीतिक भेटघाटमा सक्रिय प्रधानमन्त्री बालेन्द्र शाह

काठमान्डौं ,२५ साउन । सरकार गठन भएको चार महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह कूटनीतिक भेटघाटमा सक्रिय हुनु भएको छ। यसअघि विदेशी राजदूत तथा पाहुनासँग एक्लाएक्लै भेट

मधेशबाट दाइजो प्रथाविरुद्ध राष्ट्रिय अभियान सुरु गरिने

काठमाडौं,२५ साउन । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

श्रीकृष्ण रथयात्रा : धर्म, संस्कृति र दमकको साझा पहिचानको अभियान

श्रीकृष्ण रथयात्राको अर्को महत्वपूर्ण पक्ष सामाजिक एकता हो। धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजलाई विभाजित होइन, जोड्ने काम गर्नुपर्छ।

नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन,मातृभाषा पत्रकारिताको अवस्था र अधिकारबारे बहस

काठमाडौं,२५ साउन । सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तीन दिनसम्म विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । नेपाल