नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन,मातृभाषा पत्रकारिताको अवस्था र अधिकारबारे बहस

काठमाडौं,२५ साउन । सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तीन दिनसम्म विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित तीनदिने सम्मेलनको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सोमबार उद्घाटन गर्नु भएको हो ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा प्राप्त गर्न पाउने अवस्था लोकतन्त्रका लागि आवश्यक रहेको उहाँको भनाइ थियो ।

‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। यसमा मातृभाषा पत्रकारको भूमिका महत्वपूर्ण छ। मातृभाषा पत्रकारिताको महत्व बुझेर तपाईंहरूले यसलाई अभियानका रूपमा अघि बढाइरहनुभएको छ,’ उहाँले भन्नु भयो ।

मन्त्री गौतमले नेपालको पहिचान इतिहासका दस्तावेजमा मात्र सीमित नरहेको उल्लेख गर्दै संस्कार, संस्कृति, चाडपर्व, भाषा तथा लवजशैलीमा समेत नेपालको विविधता प्रतिबिम्बित हुने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद निष्कल राईले मातृभाषा, पहिचान तथा भाषिक अधिकारका विषयमा राज्य अझ संवेदनशील हुनुपर्ने बताउनु भयो । मातृभाषा र पहिचान व्यक्तिको मात्र नभई समग्र राष्ट्रसँग जोडिएको विषय भएको उहाँको भनाइ थियो ।

‘हामी जन्मिँदै कुनै निश्चित भाषा अङ्गीकार गर्छु भनेर सोचेर जन्मेका हुँदैनौँ। प्रकृतिले हामीलाई त्यहीँ जन्माएको हुन्छ, जहाँ पहिचान, विविधता र संस्कारसँगै जोडिएका हुन्छौँ,’ उहाँले भन्नु भयो ।

राईले मानिस जन्मिँदै कुनै निश्चित भाषा वा पहिचान रोजेर नआउने उल्लेख गर्दै प्रकृति, पहिचान, विविधता र संस्कारसँगै भाषा र पहिचान जोडिएर आउने बताउनु भयो । पछिल्लो समय राज्य मातृभाषा तथा आदिवासी जनजातिका सवालमा अपेक्षाकृत संवेदनशील हुन नसकेको उहाँको आरोप थियो ।

‘आदिवासी जनजातिका सन्दर्भमा बजेट भाषणबाटै स्पष्ट हुन्छ । थारू आयोग वा दलित आयोगमा छुट्याइएको बजेटबाट पनि राज्य त्यति संवेदनशील छैन भन्ने प्रष्ट हुन्छ,’ उहाँले भन्नु भयो ।

‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ सुरु भएको सम्मेलनमा विभिन्न राजनीतिक दलका सङ्घीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ तथा सार्क जर्नालिष्ट फोरमका प्रतिनिधिसहित स्वदेशका करिब ३०० तथा भारत, बङ्गलादेशलगायत विभिन्न मुलुकका ३५ पत्रकार सहभागी थिए ।

सम्मेलनका क्रममा ‘आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान र वनसँगको सम्बन्ध’, ‘सरकारी सञ्चारमाध्यममा मातृभाषा पत्रकारिता र निजी मिडियाको अवस्था’ तथा ‘मातृभाषा पत्रकारिता, जलवायु परिवर्तन, वन व्यवस्थापन, राज्यका नीति, अभ्यास र आदिवासी समुदाय’ लगायतका विषयमा विषयविज्ञ तथा पत्रकारबीच छलफल हुने आयोजकले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना