चार महिनापछि कूटनीतिक भेटघाटमा सक्रिय प्रधानमन्त्री बालेन्द्र शाह

काठमान्डौं ,२५ साउन । सरकार गठन भएको चार महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह कूटनीतिक भेटघाटमा सक्रिय हुनु भएको छ। यसअघि विदेशी राजदूत तथा पाहुनासँग एक्लाएक्लै भेट नगर्ने अडान लिनु भएका शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नु भएको छ।

प्रधानमन्त्री शाहले सोमबार नै चिनियाँ राजदूत र मंगलबार कार्यवाहक अमेरिकी राजदूतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यी भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी नहुने बताइएको छ।

भारतीय राजदूतसँगको भेटमा नेपाल–भारत सम्बन्ध, विकास साझेदारी, पारस्परिक हित तथा सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। भेटका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई बधाई सन्देश पठाएको जानकारीसमेत दिइएको छ।

यसअघि प्रोटोकलको विषय उठाउँदै विदेशी प्रतिनिधिसँग भेट गर्न अस्वीकार गर्दै आएका शाहले चार महिनापछि आफ्नो अडान परिवर्तन गर्नु भएको हो। पछिल्लो समय उनी विज्ञ, उद्योगी तथा विभिन्न समूहसँग भेटघाट गर्दै सुझावसमेत लिइरहनु भएको छ ।

प्रधानमन्त्रीको भारत र चीन भ्रमणको चर्चा भइरहे पनि मिति भने तय भइसकेको छैन। उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणपछि प्रधानमन्त्री शाह पनि छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा सक्रिय भएको चर्चा हुन थालेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका होटल व्यवसायीले किन भेटे प्रहरीको टिमलाई?

दमक । २४ साउन । दमकका होटल व्यवसायीले प्रहरीको टिमलाई बोलाएर गम्भीर छलफल गरेका छन्। दमकमा बढ्दो लागुऔषधको प्रयोग, होटलमा हुन सक्ने गैरकानुनी गतिविधि, विद्यार्थीको

मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

काठमाडौं,२५ साउन । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज, कागजात, तथ्य तथा प्रमाणको संरक्षणलाई सरकारले गम्भीरताका साथ अघि बढाएको बताएका छन्। सोमबार बसेको

विराटनगर जुट मिल फेरि सञ्चालन गर्ने तयारीमा

विराटनगर , २५ साउन ।वर्षौंदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने तयारी सरकारले थालेको छ। मिलको आर्थिक, प्राविधिक र कानुनी अवस्था अध्ययन गर्न

चार महिनापछि कूटनीतिक भेटघाटमा सक्रिय प्रधानमन्त्री बालेन्द्र शाह

काठमान्डौं ,२५ साउन । सरकार गठन भएको चार महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह कूटनीतिक भेटघाटमा सक्रिय हुनु भएको छ। यसअघि विदेशी राजदूत तथा पाहुनासँग एक्लाएक्लै भेट

मधेशबाट दाइजो प्रथाविरुद्ध राष्ट्रिय अभियान सुरु गरिने

काठमाडौं,२५ साउन । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

श्रीकृष्ण रथयात्रा : धर्म, संस्कृति र दमकको साझा पहिचानको अभियान

श्रीकृष्ण रथयात्राको अर्को महत्वपूर्ण पक्ष सामाजिक एकता हो। धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजलाई विभाजित होइन, जोड्ने काम गर्नुपर्छ।