विराटनगर , २५ साउन ।वर्षौंदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने तयारी सरकारले थालेको छ।
मिलको आर्थिक, प्राविधिक र कानुनी अवस्था अध्ययन गर्न सरकारले विज्ञसहितको विशेष कार्यदल गठन गरेको हो।
कार्यदलले मिलमा रहेका पुराना मेसिन, भवन तथा भौतिक संरचनाको अवस्था, सम्पत्ति–दायित्व र सञ्चालनको सम्भावनाबारे अध्ययन गर्नेछ।
त्यसैगरी, मिल सञ्चालनका लागि आवश्यक व्यवस्थापन र लगानीका विकल्पसमेत खोजिनेछ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन भएको कार्यदलले एक महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ।
सरकारले कार्यदलको प्रतिवेदनका आधारमा विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आवश्यक निर्णय लिने जनाएको छ।









