क्रिकेटर युवा उपेन्द्र रायको निधन

काठमाडौं ,२६ साउन। सप्तरी जिल्लाका प्रतिभाशाली क्रिकेट खेलाडी तथा कुशल अलराउन्डर उपेन्द्र रायको असामयिक निधन भएको छ । उहाँको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

क्यानले जारी गरेको शोक वक्तव्यमा रायको निधनको खबरले नेपाल क्रिकेट परिवार अत्यन्त स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ । क्यानले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

‘सप्तरी जिल्लाका एक कुशल अलराउन्डर तथा प्रतिभाशाली क्रिकेट खेलाडी उपेन्द्र रायको असामयिक निधनको खबरले नेपाल क्रिकेट संघ परिवार अत्यन्तै स्तब्ध र मर्माहत भएको छ,‘ क्यानद्वारा जारी वक्तव्यमा भनिएको छ ।

राय सप्तरीका उदाउँदा क्रिकेट खेलाडीका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले जिल्ला तथा क्षेत्रीयस्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिभा देखाउनु भएको थियो।

उहाँको निधनले नेपाली क्रिकेटले एक प्रतिभावान युवा खेलाडी गुमाएको भन्दै क्रिकेट समुदायका विभिन्न व्यक्तित्व तथा खेलप्रेमीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । क्यानले यस दुःखद घडीमा दिवंगत रायप्रति श्रद्धासुमन अर्पण गर्दै परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना