दमक,२७ साउन । मानव जीवनमा सुन्दरताको आफ्नै विशिष्ट महत्त्व हुन्छ। बाह्य रूपरङलाई चिटिक्क, आकर्षक र व्यवस्थित बनाउनाले व्यक्तिको आत्मविश्वास मात्र बढाउँदैन, दैनिक जीवनमा सकारात्मक ऊर्जा समेत भर्दछ। यही सुन्दरतालाई थप निखार्न र व्यावसायिक सीप प्रदान गर्न झापाको दमक–६, नमुना बजार स्थित गोमा ग्ल्याम स्टुडियो एण्ड ब्युटी पार्लर ग्राहक तथा विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको छ।उक्त पार्लरमा हाल नेल आर्ट, आईल्यासेस र ब्युटी केयर सम्बन्धी सेवा लिन आउने ग्राहकहरूको आकर्षक बढी रहेको छ भने सीप सिकेर आत्मनिर्भर बन्न तथा वैदेशिक रोजगारीमा जान चाहने विद्यार्थीहरूको पनि उत्तिकै आर्कषक बढी रहेको छ। पार्लरमा नेल, ल्यासेस, मेकअप लगायत सौन्दर्य सम्बन्धी सम्पूर्ण कामहरू सुपथ मूल्यमा गरिन्छ। विशेषगरी ब्राइडल मेकअप, आधुनिक र अत्याधुनिक गुणस्तरीय सामानको प्रयोग गरी अनुभवी प्रशिक्षकहरूद्वारा गराइन्छ।
पार्लरको शान्त वातावरण, गुणस्तरीय सामग्रीको प्रयोग र दक्ष एवं फ्रेन्डली स्टाफका कारण यहाँ आउने ग्राहकहरू निकै सन्तुष्ट देखिन्छन्। पार्लरमा नेल्स लगाउन आँउनु भएकी ग्राहक प्रकृति पाण्डेले अन्य ठाउँको तुलनामा यहाँ एकदमै सस्तो अफर रहेको र सेवा निकै उत्कृष्ट भएको बताउनु भयो।
त्यस्तै, कक्षा १२ को अध्ययन सकिएपछि वैदेशिक रोजगारको तयारीका लागि मेकअप र नेल्स सम्बन्धी तालिम लिइरहनु भएकी विद्यार्थी अनमिका बस्नेत पार्लरको तालिमबाट निकै खुसी हुनुन्छ।
सञ्चालिका गोमा बस्नेतका अनुसार, यहाँ सिकेका सम्पूर्ण विद्यार्थीहरू दक्ष भई कतिपयले आफ्नै व्यवसाय सञ्चालन गरेका छन् भने अधिकांश वैदेशिक रोजगारीमा गएका छन्। हाल पार्लरमा विशेष अफरअन्तर्गत २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। साथै, व्यवसाय विस्तार भइरहेकाले अनुभवी स्टाफको आवश्यकता रहेको पनि सञ्चालिका बस्नेतले जानकारी दिइनु भयो।
पार्लर भित्र एकातिर विद्यार्थीहरू ध्यानपूर्वक तालिम लिइरहेका दृश्य देखिन्छन् भने अर्कोतिर ग्राहकहरू ढुक्क भएर सेवा लिइरहेका भेटिन्छन्। प्रमाणित तथा अनुभवी प्रशिक्षकहरूद्वारा दिइने प्रोफेसनल प्रशिक्षण र अत्याधुनिक गुणस्तरीय सामानको प्रयोग नै गोमा ग्ल्याम स्टुडियोको मुख्य विशेषता बनेको छ।
दक्ष जनशक्ति उत्पादन गर्दै सौन्दर्य सेवामा फरक पहिचान बनाएको गोमा ग्ल्याम स्टुडियोले दमकमा सौन्दर्यप्रेमीहरूका लागि भरपर्दो र उत्कृष्ट गन्तव्यको रूपमा आफ्नो स्थान बनाँउन सफल भएको छ।









