जनकपुरमा मिटरब्याज पीडित महिलाद्वारा आत्मदाहको प्रयास

धनुषा,२७ साउन । धनुषामा एक जना मटिरब्याजी पीडित महिलाले आत्मदाह गर्ने प्रयास गरेकी छन् । बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि फूल कुमारी रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गर्नु भएको छ। उहाँले पेट्रोल छर्केको देखेर सुरक्षाकर्मीले रोकेका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ घर हुनु भएकी ५० वर्षीय फूलकुमारीले २०८१ सालमा आफ्नो ८ धुर जग्गा बन्धकी राखेर साहू गोपल साहसंग ६ लाख रुपैयाँ लिएको बताइएको छ ।

 

उहाँले लिएको रकम फिर्ता गरेर आफ्नो जग्गा फिर्ता माग्न जादाँ पटक पटक समय दिएर साहू गोपाल साहले फिर्ता नदिएको बताइएको छ । फूल कुमारीको सो जग्गा साहू गोपाल साहले बैंकमा राखेर ऋण निकालेको थाहा पाएपछि पीडित फूलकुमारीले उजुरी दिनु भएको थियो ।

 

गत साउन २ गत्ते जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उहाँकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको थियो । तीनै जनाविरुद्ध दर्जन बढी मिटरब्याज र ठगीको उजूरी परेको छ ।

 

उनीहरुबाट पीडित भएको भन्दै सयौं मिटरब्याज पीडितहरु सो दिनदेखि नै जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि धर्ना दिँदै आएका छन् । उनीहरुले पक्राउ परेका तीनै जना कुख्यात मिटरब्याजी रहेको आरोप लगाउँदै उच्च स्तरीय सीआईबीद्वारा अनुसन्धान गर्न माग गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पोसाक खरिदमा सशस्त्रको संलग्नता र अनियमितता छैनः पौडेल

काठमाडौँ,२७ साउन । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा कुनै किसिमको अनियमितता नभएको स्पष्ट पार्नु भएको छ् । बुधबार सङ्घीय

ग्यासको कृत्रिम अभाव हटाउन सरकारसँग सांसद राईको माग

काठमाडौं,२७ साउन । राष्ट्रिय सभाकी सांसद जयन्ती देवी राईले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै

युवा नेतृत्व आउनु मात्रै उपलब्धि होइन, परिणाम चाहिन्छ : रवि लामिछाने

काठमाडौं,२७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताउनु भएको छ् ।

देशभरका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका

काठमाडौं,२७ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले देशभर सञ्चालनमा रहेका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका रहेको बताउनु

सरकारको अपरिपक्व कार्यशैलीले समस्या निम्त्याउन सक्छ : सांसद परियार

काठमाडौं,२७ साउन । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले विद्युत महसुल तथा ऊर्जा नीतिका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै

सेवा सुरु अघीनै सम्झौता धमाधम, दमकको तेजस डेण्टलको खास उद्धेश्य के हो ?

दमक , साउन २७ । दमकमा नयाँ डेन्टल क्लिनिक सञ्चालनमा आउनुअघि नै सेवा र सहकार्यको तयारी तीव्र बनेको छ। लामो समयदेखि दन्त क्षेत्रमा व्यवस्थापन तथा