जापानी विद्यार्थीले दमकमा आएर के सिके?

नेपाल भ्रमणपछि स्वास्थ्य सेवाप्रतिको सपना अझ बलियो बनाउँदै जापानी विद्यार्थी

दमक, २७ साउन। ‘डाक्टर बन्ने सपना’ बोकेर जापानमा अध्ययन गरिरहेका चार जना विद्यार्थी नेपाल आए। उनीहरूका लागि यो भ्रमण केवल घुमफिरमा सीमित थिएन। नेपाल आएर उनीहरूले स्वास्थ्य सेवा, अस्पतालको अवस्था, बिरामीको पीडा र स्वास्थ्यकर्मीले गरिरहेको सेवाबारे प्रत्यक्ष बुझ्ने अवसर पाए।नेपाल भ्रमणपछि उनीहरूको एउटै निष्कर्ष छ, “हाम्रो लक्ष्य झन् फराकिलो बन्यो।”अहिले १५ वर्ष पुगेका रुसेकाको सपना सफल डाक्टर बन्ने हो। डाक्टरभित्र पनि उनी सर्जन बन्न चाहन्छन्। जापानको आम्दा जुनियर एन्ड हाई स्कुलअन्तर्गत हाई स्कुलको पहिलो वर्षमा अध्ययनरत उनी आम्दा जापानले सञ्चालन गर्ने ‘क्लब’ कार्यक्रममार्फत छनोट भएर नेपाल आएका हुन्।

आम्दा जापानले विभिन्न देशमा स्वास्थ्यसँग सम्बन्धित परियोजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यसअन्तर्गत नेपालमा आम्दा नेपाल सक्रिय छ। आम्दा नेपालअन्तर्गत दमकमा सञ्चालित आम्दा अस्पतालमा पुगेर रुसेकाले नेपालका स्वास्थ्य सेवाको अवस्था नजिकबाट नियाल्ने अवसर पाए।अस्पतालमा बिरामीको उपचार कसरी भइरहेको छ, चिकित्सक र स्वास्थ्यकर्मीले कस्तो वातावरणमा काम गरिरहेका छन् र सीमित स्रोतसाधनका बीच स्वास्थ्य सेवा कसरी प्रदान भइरहेको छ भन्ने कुरा उनले प्रत्यक्ष देखे।विशेषगरी चिकित्सकहरूले बिरामीको उपचारमा देखाएको आत्मविश्वास र समर्पणले उनलाई प्रभावित बनायो। त्यसपछि सर्जन बन्ने आफ्नो सपना अझ बलियो भएको रुसेका बताउँछन्।

नेपाल आउने चार विद्यार्थीमध्ये हिनो हिहासालाई भने नर्स बन्न मन लागेको छ। उनी जापानको हाई स्कुलअन्तर्गत तेस्रो वर्षमा अध्ययनरत छिन्।नर्सिङ मिडवाइफ बन्ने सपना देखेकी हिनोका लागि नेपाल भ्रमण जीवनमा नयाँ अनुभव थप्ने अवसर बन्यो।
नेपाल आएपछि उनले यहाँका महिलाले भोगिरहेका पीडा, दुःख र स्वास्थ्यसम्बन्धी समस्यालाई नजिकबाट बुझ्ने अवसर पाइन्। सीमित स्रोतसाधनका बीच नेपाली अस्पतालमा नर्सहरूले कसरी सेवा दिइरहेका छन् भन्ने विषयले उनलाई विशेष रूपमा छोयो।अस्पतालमा स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारदेखि उपचार प्रक्रियासम्म प्रत्यक्ष अवलोकन गरेपछि उनको नर्सिङ मिडवाइफ बन्ने सपना अझ बलियो बनेको छ।
नेपाल भ्रमणपछि जापान फर्किएर आफ्नो अध्ययनलाई अझ मिहिनेतका साथ अघि बढाउने र भविष्यमा मानव सेवामा समर्पित हुने उनको लक्ष्य छ।

आम्दा जापानअन्तर्गत जुनियर एन्ड हाई स्कुल ग्रुप विगत ३० वर्षदेखि सञ्चालनमा छ। यहाँ स्वास्थ्य क्षेत्रका विशेषज्ञ तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न शैक्षिक गतिविधि सञ्चालन हुँदै आएका छन्।त्यही उद्देश्यअन्तर्गत आम्दाले आफ्ना विभिन्न देशमा रहेका च्याप्टर तथा परियोजनामा विद्यार्थी पठाउने गर्छ। यसपटक ६० जना विद्यार्थीको समूहबाट चार जना विद्यार्थी नेपालका लागि छनोट भएका हुन्।आम्दा जापानका विभिन्न च्याप्टर रहेका देशमध्ये नेपाललाई महत्वपूर्ण गन्तव्यका रूपमा लिइएको छ। नेपालमा स्वास्थ्य क्षेत्रमा आम्दाको ठूलो लगानीसमेत रहेको छ।

नेपाल भ्रमणका क्रममा विद्यार्थीहरूले दमकस्थित आम्दा अस्पतालसहित स्वास्थ्य संस्थाको अवलोकन गरेका छन्। अस्पतालमा आउने बिरामीको अवस्था, उनीहरूले पाइरहेको सेवा, उपचार प्रक्रिया, शल्यक्रिया, स्टाफ नर्सले गर्ने काम तथा चिकित्सकको भूमिकाबारे उनीहरूले प्रत्यक्ष जानकारी लिएका छन्।त्यससँगै नेपालमै अध्ययन गरिरहेका विद्यार्थीहरूसँग संवाद गर्ने अवसरसमेत उनीहरूले पाए। नेपालको स्वास्थ्य सेवासँगै यहाँको भौगोलिक अवस्था, संस्कृति र प्राकृतिक विविधताबारे पनि विद्यार्थीलाई प्रत्यक्ष अनुभव गराइएको आम्दा जापानकी नेपाल–भारत परियोजना संयोजक तथा परियोजना अधिकृत अर्चना जोशीले जानकारी दिइनु भयो।

नेपालमा आम्दाका चारवटा प्रमुख परियोजना सञ्चालनमा छन्। दमकमा आम्दा अस्पताल, बुटवलमा सिद्धार्थ बाल तथा महिला अस्पताल, धुलाबारीमा आम्दा मेची अस्पताल र काठमाडौं जोरपाटीमा सीमाजु डेन्टल क्लिनिक सञ्चालनमा छन्।स्वास्थ्य सेवामात्र होइन, आम्दा नेपालले शैक्षिक क्षेत्रमा पनि काम गर्दै आएको छ। दमकमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बुटवलमा सोही नामको शैक्षिक संस्था सञ्चालनमा छन्।

यी संस्थाले स्वास्थ्य क्षेत्रका आवश्यक जनशक्ति उत्पादनमा योगदान पु¥याउँदै आएका छन्।जापानबाट नेपाल आएका विद्यार्थीका लागि भने यी गतिविधि एउटा शैक्षिक भ्रमणभन्दा बढी बनेका छन्। अस्पतालको वास्तविक वातावरणमा स्वास्थ्यकर्मीको काम नजिकबाट देखेपछि उनीहरूले आफ्नो भविष्यको पेशालाई नयाँ दृष्टिकोणबाट हेर्न थालेका छन्।रुसेकाका लागि सर्जन बन्ने सपना अब केवल जापानमा बसेर देखेको सपना रहेन। हिनोका लागि नर्सिङ मिडवाइफ बन्ने लक्ष्य पनि अब पाठ्यपुस्तकभित्रको विषयमा सीमित छैन।नेपाल भ्रमणले उनीहरूलाई स्वास्थ्य सेवा कति संवेदनशील र जिम्मेवार क्षेत्र हो भन्ने प्रत्यक्ष अनुभूति गराएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पोसाक खरिदमा सशस्त्रको संलग्नता र अनियमितता छैनः पौडेल

काठमाडौँ,२७ साउन । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा कुनै किसिमको अनियमितता नभएको स्पष्ट पार्नु भएको छ् । बुधबार सङ्घीय

ग्यासको कृत्रिम अभाव हटाउन सरकारसँग सांसद राईको माग

काठमाडौं,२७ साउन । राष्ट्रिय सभाकी सांसद जयन्ती देवी राईले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै

युवा नेतृत्व आउनु मात्रै उपलब्धि होइन, परिणाम चाहिन्छ : रवि लामिछाने

काठमाडौं,२७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताउनु भएको छ् ।

देशभरका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका

काठमाडौं,२७ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले देशभर सञ्चालनमा रहेका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका रहेको बताउनु

सरकारको अपरिपक्व कार्यशैलीले समस्या निम्त्याउन सक्छ : सांसद परियार

काठमाडौं,२७ साउन । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले विद्युत महसुल तथा ऊर्जा नीतिका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै

सेवा सुरु अघीनै सम्झौता धमाधम, दमकको तेजस डेण्टलको खास उद्धेश्य के हो ?

दमक , साउन २७ । दमकमा नयाँ डेन्टल क्लिनिक सञ्चालनमा आउनुअघि नै सेवा र सहकार्यको तयारी तीव्र बनेको छ। लामो समयदेखि दन्त क्षेत्रमा व्यवस्थापन तथा