सरकारको अपरिपक्व कार्यशैलीले समस्या निम्त्याउन सक्छ : सांसद परियार

काठमाडौं,२७ साउन । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले विद्युत महसुल तथा ऊर्जा नीतिका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद परियारले विगतको सरकारले विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्दै नागरिकलाई सहजीकरण गरेको भए पनि वर्तमान सरकारले विद्युतमा कर बढाएर नागरिकलाई थप भार पार्ने काम गरेको बताउनु भयो ।उहाँले भन्नु भयो, ‘ऊर्जा नीति र कर सम्झौताको सम्बद्धमा नेपाल सरकारले इलेक्ट्रिक चुलोको सन्दर्भमा विगतको सरकारले नागरीकहरुलाई सहजीकरण दिएका थिए । तर अहिलेको सरकारले विद्युतमा कर बढाएर नागरीको ढाड सेक्ने काम गरेको छ । यस्तो कुरामा सरकारलाई म सचेत गराउन अनुरोध गराउन चाहन्छु ।’

 

परियारले पछिल्लो देवानगञ्ज घटनाका क्रममा सरकारले संघीय सरकार नै सबैभन्दा शक्तिशाली सरकार हो र काठमाडौंमा बस्ने राजनीतिज्ञ मात्र निर्णायक हुन् भन्ने मानसिकता देखाएको उहाँले टिप्पणी गर्नु भयो।तराई क्षेत्रमा भएको घटनालाई समाधान गर्न स्थानीय तहका प्रमुख–उपप्रमुख, स्थानीय राजनीतिक दल, नेता तथा प्रदेश सरकारसँग पर्याप्त समन्वय नगरी सरकारले आफ्ना कर्मचारी तथा प्रतिनिधि पठाएर सूचना संकलन गर्ने र त्यसकै आधारमा समस्या समाधान गर्न खोजेको उहाँले बताउनु भयो ।

 

उहाँले सरकारको यस्तो ‘अपरिपक्व’ कार्यशैलीले घटना थप जटिल बन्न सक्ने भन्दै आफू व्यक्तिगत रूपमा समेत चिन्तित भएको बताउनु भयो ।राजनीतिक दल, सरकार, धर्मगुरु तथा सामाजिक अगुवालगायत सबै पक्षको प्रयासबाट उक्त घटना समाधानतर्फ गएको उहाँले बताउनु भयो । परियारले आगामी दिनमा यस्ता संवेदनशील घटनामा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पोसाक खरिदमा सशस्त्रको संलग्नता र अनियमितता छैनः पौडेल

काठमाडौँ,२७ साउन । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा कुनै किसिमको अनियमितता नभएको स्पष्ट पार्नु भएको छ् । बुधबार सङ्घीय

ग्यासको कृत्रिम अभाव हटाउन सरकारसँग सांसद राईको माग

काठमाडौं,२७ साउन । राष्ट्रिय सभाकी सांसद जयन्ती देवी राईले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै

युवा नेतृत्व आउनु मात्रै उपलब्धि होइन, परिणाम चाहिन्छ : रवि लामिछाने

काठमाडौं,२७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताउनु भएको छ् ।

देशभरका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका

काठमाडौं,२७ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले देशभर सञ्चालनमा रहेका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका रहेको बताउनु

सरकारको अपरिपक्व कार्यशैलीले समस्या निम्त्याउन सक्छ : सांसद परियार

काठमाडौं,२७ साउन । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले विद्युत महसुल तथा ऊर्जा नीतिका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै

सेवा सुरु अघीनै सम्झौता धमाधम, दमकको तेजस डेण्टलको खास उद्धेश्य के हो ?

दमक , साउन २७ । दमकमा नयाँ डेन्टल क्लिनिक सञ्चालनमा आउनुअघि नै सेवा र सहकार्यको तयारी तीव्र बनेको छ। लामो समयदेखि दन्त क्षेत्रमा व्यवस्थापन तथा