पोसाक खरिदमा सशस्त्रको संलग्नता र अनियमितता छैनः पौडेल

काठमाडौँ,२७ साउन । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा कुनै किसिमको अनियमितता नभएको स्पष्ट पार्नु भएको छ् । बुधबार सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को पूर्ण पालना गरेर खरिद प्रक्रिया अघि बढाइएको बताउनु भयो ।उहाँले भन्नु भयो,‘सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ लाई पूर्ण रूपमा पालना गरेर खरिद गरिएको छ । अहिलेसम्म खरिद प्रक्रियाविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालय वा सशस्त्र प्रहरी बलमा कुनै पनि लिखित वा मौखिक निवेदन तथा उजुरी परेको छैन ।’

 

उहाँले आर्थिक वर्ष २०८२÷८३ मा निर्वाचन प्रहरीको पोसाक खरिदका लागि प्राप्त बजेटमा कुनै अनियमितता नभएको र बजेट फ्रिज नभएको स्पष्ट पार्नु भयो।‘यस पोसाक खरिदका सम्बन्धमा सशस्त्र प्रहरी बलको तर्फबाट प्राप्त बजेटमा कुनै अनियमितता भएको छैन । बजेट फ्रिज भएको वा खरिद नगरेको अवस्था पनि होइन’उहाँले भन्नु भयो।फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि सशस्त्र प्रहरी बलका ३६ हजार ९ सय जनशक्तिका अतिरिक्त ७७ जिल्लाबाट १५ हजार निर्वाचन प्रहरी अर्थात् म्यादी प्रहरी छनोट गर्ने जिम्मेवारी प्राप्त भएको उहाँले बताउनु भयो ।

 

उहाँले भन्नु भयोे,‘‘निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरीका ३६ हजार ९ सय जनशक्तिका अतिरिक्त ७७ जिल्लाबाट १५ हजार निर्वाचन प्रहरी छनोट गर्ने म्यान्डेट प्राप्त थियो । छोटो समयमा भर्ना गर्नुपर्ने, तालिममा पठाउनुपर्ने र तत्कालै निर्वाचनमा खटाउनुपर्ने अवस्था भएकाले बजेट विनियोजन र बाँडफाँट गरिएको थियो ।’निर्वाचन प्रहरीलाई दिने पोसाकको खरिद प्रक्रियामा सशस्त्र प्रहरी बलको प्रत्यक्ष संलग्नता नरहेको पनि पौडेलले स्पष्ट पार्नु भयो। उहाँका अनुसार नेपाल प्रहरीकै ढाँचामा बजेट निकासा गरी सम्बन्धित निर्वाचन प्रहरीका नाममा रकम सिधै वितरण गरिएको थियो ।उहाँले भन्नु भयो,‘उहाँहरूलाई दिने पोसाकको सन्दर्भमा खरिद प्रक्रियामा संगठनको कुनै पनि संलग्नता छैन । नेपाल प्रहरीकै ढाँचामा बजेट निकासा भएको र सोहीबमोजिम रकम सिधै वितरण गरिएको हो । त्यसैले यसमा कुनै पनि किसिमको अनियमितता भएको छैन ।’

 

पौडेलले सशस्त्र प्रहरी बलले सार्वजनिक खरिदका आधारभूत सिद्धान्त पारदर्शिता, निष्पक्षता, प्रतिस्पर्धा र जवाफदेहितालाई आत्मसात् गर्दै खरिद प्रक्रिया अघि बढाउँदै आएको बताउनु भयो ।हामी पारदर्शिता, निष्पक्षता, प्रतिस्पर्धा र जवाफदेहिताजस्ता सार्वजनिक खरिदका आधारभूत सिद्धान्तलाई मनन गर्दै अगाडि बढेका छौँ । आगामी आर्थिक वर्षका लागि आवश्यक पोसाक, मेसिनरी औजार र भवन निर्माणलगायतका शीर्षकमा पनि प्रचलित ऐन–नियमको पूर्ण पालना गर्दै खरिद प्रक्रिया अघि बढाएका छौँ’उहाँले भन्नु भयो।

 

ठेक्का प्रक्रियामा सहभागी भएर छनोट हुन नसकेका पक्षहरूले उजुरी हाल्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै उहाँले त्यस्ता उजुरीमाथि छानबिन गर्दा अहिलेसम्मका खरिद प्रक्रिया विधिसम्मत नै पाइएको बताउनु भयो । महानिरीक्षक पौडेलले आगामी दिनमा पनि प्रचलित कानुनको परिधिभित्र रहेर विवादरहित, पारदर्शी र जवाफदेही ढङ्गले खरिद प्रक्रिया सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै संसदीय समितिलाई आश्वस्त पार्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना