चट्याङको अदृश्य जोखिम

कोशी प्रदेशमा पाँच वर्षमा छैसठी को मृत्यु, वैज्ञानिक मापन प्रणालीको अभाव

झापा,२८ साउन । बाढी र पहिरोजस्ता ठूला विपद्को चर्चा भइरहँदा नेपालमा ’अदृश्य काल’ बनेर आउने चट्याङका कारण बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ। हालै इलामका अठासी वर्षीय कालुवीर मोक्तान र सङ्खुवासभाकी उन्नचालीस वर्षीया कुमारी राईको चट्याङ लागेर मृत्यु भएको छ।कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार विगत पाँच आर्थिक वर्षमा (आर्थिक वर्ष. २ हजार अठतर÷उन्नअसि देखि हालसम्म) चट्याङका कारण प्रदेशभर छैसठी जनाको मृत्यु भएको छ भने २१८ जना घाइते भएका छन्।

मृतकमध्ये अधिकांश (चोवालीस जना) पुरुष छन्, जो बाहिरी काममा बढी संलग्न हुने गर्छन्। सोही अवधिमा १ हजार ३२ पशुचौपाया मरेका छन् भने १७० घर–गोठ जलेर रु ३ करोड ७२ लाखभन्दा बढीको क्षति भएको छ। सबैभन्दा बढी घाइते ओखलढुङ्गा (तिरचालीस जना) र भोजपुर (४० जना) मा भएका छन्।

ग्रामीण क्षेत्रमा काठ र टिनका घर हुनु, ’अर्थिङ’ प्रविधिको अभाव हुनु र सचेतना कम हुनाले पहाडी जिल्लाहरू चट्याङको उच्च जोखिममा छन्। मौसमविद्का अनुसार जलवायु परिवर्तनका कारण यस्ता घटना बढेकाले खराब मौसममा खुला ठाउँ, अग्ला रुख र विद्युतीय उपकरणबाट टाढा रहन आवश्यक छ। यद्यपि, कोशी प्रदेशमा चट्याङको वैज्ञानिक अभिलेख राख्ने ’लाइटनिङ डिटेक्सन नेटवर्क’ को अभाव छ। धरानमा रहेको उपकरण बिग्रिएको छ भने विराटनगर विमानस्थलको उपकरणले सीमित समय मात्र काम गर्छ। वैज्ञानिक तथ्याङ्क र पूर्वसूचना प्रणाली नहुँदा जोखिम विश्लेषण र क्षति न्यूनीकरणमा चुनौती थपिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा कुनै समूहको होइन, सिंगो पार्टीको साझा नेता हो : कांग्रेस नेताहरू

काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडे र प्रवक्ता देवराज चालिसेले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उहाँको अभिभावकीय

विद्युत्मा ‘खुला पहुँच’का लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं,२८ साउन । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने दिशामा विद्युत् नियमन आयोगले थप प्रक्रिया अघि बढाएको छ ।आयोगले खुला पहुँचसम्बन्धी थप

गुम्बा विकास समिति खारेज नगर्न माग गर्दै बौद्ध संघसंस्था आन्दोलित

काठमाडौं,२८ साउन । सरकारले पुनर्संरचनाका नाममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई खारेज गर्ने सिफारिसप्रति बौद्ध संघसंस्था तथा सरोकारवालाले आपत्ति जनाएका छन् ।विहीबार राजधानीको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड , बन्दुक नियन्त्रणमा कडाई

थाइल्यान्डले गत हप्ता विद्यालयमा भएको गोलीकाण्डपछि बन्दुक नियन्त्रणलाई थप कडा बनाउँदै लगेको छ । घटनामा १४ वर्षीय बन्दुकधारीसहित नौ जनाको मृत्यु भएको थियो। थाइल्यान्डका प्रधानमन्त्री

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं,२८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा बुधबार राति गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको

रासायनिक मल घटाएर प्राङ्गारिक प्रवद्र्धन गर्न संसदीय समितिको जोड

काठमाडौं,२८ साउन । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल गरिएको