जग्गा विवादमा झूटो मुद्दा लगाएको भन्दै जनकपुरमा प्रदर्शन

जनकपुर,२८ साउन । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद र पहुँचको दुरुपयोग गरेर निर्दोषलाई फसाउन खोजेको पीडितहरुले आरोप लगाएका छन् ।गत साउन २ गते मिटरब्याज तथा ठगी आरोपमा पक्राउ गरिएका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उहाँकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहका आफन्तहरुले बिहीबार जनकपुरधामको जिल्ला अदालत अगाडि विरोध प्रदर्शन एवम नाराबाजी गर्नु भएको छ ।

 

रेखा साहका छोरा जयरामले पूर्वएसएसपी गोविन्दले आफ्नो पहिचान र दम्भ देखाउन खोजेको आरोप लगाउनु भएको छ ।पूर्वएसएसपी गोविन्दले पाँच वर्षअघि आफैं बेचेको जमिन फेरि फिर्ता पाउने प्रयासमा मिटरब्याजीको आरोप लगाएर आफ्नो आमासहित नातेदारहरुलाई थुनामा पठाएको जयरामले बताउनु भयो ।उहाँका अनुसार बेचिएको जग्गा आफूहरुले प्रक्रिया पुगाएर खरिद गरेको जसमा पूर्व एसएसपी गोविन्द साहको श्रीमती र छोराको पनि मन्जुरी सनाखत सहितको कागज आफूसंग सुरक्षित रहेको छ ।पाँच वर्ष अघि विक्री गरेको जमिनबाट मूल सडक निस्केपछि बाँकी जमिनको दाम बढेकाले पाँच वर्ष पछि सो जमिनमा फेरि दाबी गर्न मिटरब्याजी र ठगी मुद्यामा आफ्नो आमालाई फसाएको जयरामको भनाई छ ।

 

उहाँका अनुसार एसएसपी जस्तो व्यक्तिले बिना पढेर पक्कै पनि कुनै कागजमा हस्ताक्षर गरे होलान भन्ने  आफैँ
सोच्नुपर्ने कुरो हो । जयरामले अदालतको सम्मान गर्दै न्यायको अपेक्षा गरेको बताउनु भयो । उहाँले २५ दिन भइसक्दा पनि जबरजस्ती म्याद थप गरेर थुनामा राख्न लगाएकोप्रति आपत्ति जनाउनु भएको छ ।जयरामले अदालत बाहिर रहेर कानुनी प्रक्रिया पूरा गर्ने वातावरण निर्माण गरिदिन आग्रह गर्नु भएको छ ।गत बैशाख २०७९ सालमा पूर्वएसएसपी गोविन्दले चुनाव लड्ने भनेर आफ्नो जग्गा रेखा साहलाई राखेर कागज बनाई ९९ लाख रुपैयाँ ऋण लिएको बताउँदै आउनु भएको छ ।उहाँले पछि ऋणको रकम चुक्ता गरी जमिन फिर्ता गराउन जाँदा आफ्नो जमिन अर्कैको नाममा पास भइसकेको थाहा पाएपछि आफूले मिटरब्याजी तथा ठगी मुद्दा दिएको केही दिन अघि पत्रकार सम्मेलन गरेर जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा कुनै समूहको होइन, सिंगो पार्टीको साझा नेता हो : कांग्रेस नेताहरू

काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडे र प्रवक्ता देवराज चालिसेले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उहाँको अभिभावकीय

विद्युत्मा ‘खुला पहुँच’का लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं,२८ साउन । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने दिशामा विद्युत् नियमन आयोगले थप प्रक्रिया अघि बढाएको छ ।आयोगले खुला पहुँचसम्बन्धी थप

गुम्बा विकास समिति खारेज नगर्न माग गर्दै बौद्ध संघसंस्था आन्दोलित

काठमाडौं,२८ साउन । सरकारले पुनर्संरचनाका नाममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई खारेज गर्ने सिफारिसप्रति बौद्ध संघसंस्था तथा सरोकारवालाले आपत्ति जनाएका छन् ।विहीबार राजधानीको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड , बन्दुक नियन्त्रणमा कडाई

थाइल्यान्डले गत हप्ता विद्यालयमा भएको गोलीकाण्डपछि बन्दुक नियन्त्रणलाई थप कडा बनाउँदै लगेको छ । घटनामा १४ वर्षीय बन्दुकधारीसहित नौ जनाको मृत्यु भएको थियो। थाइल्यान्डका प्रधानमन्त्री

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं,२८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा बुधबार राति गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको

रासायनिक मल घटाएर प्राङ्गारिक प्रवद्र्धन गर्न संसदीय समितिको जोड

काठमाडौं,२८ साउन । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल गरिएको