रासायनिक मल घटाएर प्राङ्गारिक प्रवद्र्धन गर्न संसदीय समितिको जोड

काठमाडौं,२८ साउन । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल गरिएको छ ।बैठकमा रासायनिक मलको प्रयोगलाई क्रमशः घटाउँदै प्राङ्गारिक तथा जैविक मलको प्रयोग बढाउन आवश्यक नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ ।समिति सभापति अशोककुमार चौधरीले रासायनिक मलको प्रयोगलाई क्रमशः हटाउँदै प्राङ्गारिक तथा जैविक मलको उपयोगतर्फ कृषकलाई आकर्षित गर्ने नीति आवश्यक रहेको बताउनु भयो ।

 

उहाँले दिगो कृषि विकासका लागि सरकारले आवश्यक नीति निर्माण गर्दा समितिको बैठकमा आएका सुझावलाई मार्गदर्शनका रूपमा लिनुपर्ने बताउनु भयो ।‘आजको छलफलमा रासायनिक मलको प्रयोगलाई क्रमशः हटाउँदै जाने र प्राङ्गारिक तथा जैविक मलको उपयोगतर्फ कृषकलाई आकर्षित गर्ने नीति अवलम्बन गर्ने विषय उठेको छ,’ उहाँले भन्नु भयो ।सभापति चौधरीले अबको कृषि प्रणाली प्राङ्गारिक तथा जैविक उत्पादनतर्फ अघि बढ्नुपर्नेमा समितिका सबै सदस्यको समान धारणा रहेको बताउनु भयो ।

 

‘अबको बाटो प्राङ्गारिक नै हुनुपर्छ, जैविककै हुनुपर्छ भन्ने कुरामा सबै माननीयज्यूहरूको सहमति भएको छ,’ उहाँले भन्नु भयो।उहाँका अनुसार सरकारले हालसम्म प्राङ्गारिक मलका लागि छुट्टै बजेट विनियोजन गरेको छैन । आर्थिक वर्ष २०८३÷८४ मा जैविक खेती प्रवद्र्धनका लागि स्थानीय तहलाई सशर्त अनुदानका रूपमा ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनु भयो ।उक्त बजेटले जैविक मलसँग सम्बन्धित कम्पनी, उद्योग तथा सरोकारवाला निकायलाई केही हदसम्म प्रोत्साहन गरे पनि त्यसले मात्रै पर्याप्त नहुने सभापति चौधरीको भनाइ छ ।बैठकमा कृषि अनुसन्धान निर्देशनालय लुम्ले, कास्कीका वरिष्ठ माटो वैज्ञानिक रोशनबाबु ओझाले पनि रासायनिक मलमा केन्द्रित हालको अनुदान तथा वितरण प्रणालीमा सुधार आवश्यक रहेको बताउनु भयो ।

 

उहाँले हालको रासायनिक मल नियन्त्रण तथा वितरणसम्बन्धी व्यवस्थाले रासायनिक मललाई नै बढी प्राथमिकता दिएको उल्लेख गर्दै अनुदान प्रणालीमा प्राङ्गारिक मललाई पनि अनिवार्य रूपमा समेट्नुपर्ने धारणा राख्नु भयो।‘हाम्रो अहिलेको रासायनिक मल नियन्त्रणको आदेशले विशेषगरी रासायनिकलाई नै फोकस गरेको छ । रासायनिक अनुदान र रासायनिकको वितरणमुखी बढी भइरहेको छ,’ ओझाले भन्नु भयो।रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउन अनुदान वितरण प्रणालीमै सुधार गर्नुपर्ने उहाँको भनाइ छ । यसका लागि रासायनिक मलसँगै निश्चित मात्रामा प्राङ्गारिक मल वितरण गर्ने व्यवस्था गर्न सकिए प्रभावकारी हुने उहाँले बताउनु भयो ।

 

‘यसलाई अलिकति रुटिन गर्न सके र हाम्रो अनुदान पद्धतिमा प्राङ्गारिक मल अनिवार्य वितरणको मेकानिजम ल्याउन सके धेरै नै राम्रो काम गर्छ भन्ने हाम्रो अनुसन्धानले पनि देखाइरहेको छ,’ उहाँले भन्नु भयो।अन्तर्राष्ट्रिय अभ्यासले समेत प्राङ्गारिक मलको प्रयोगलाई कृषि प्रणालीमा बढाउँदै लैजानुपर्ने देखाएको भन्दै ओझाले नेपालको वर्तमान कृषि प्रणालीका लागि पनि यस्तो व्यवस्था आवश्यक रहेको बताउनु भयो ।बैठकमा सहभागीहरूले माटोको स्वास्थ्य जोगाउन, कृषि उत्पादनलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन तथा रासायनिक मलमा बढ्दो निर्भरता घटाउन जैविक तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । समिति सभापति चौधरीले बैठकमा उठेका सुझावलाई आगामी नीति तथा कार्यक्रम निर्माणका क्रममा उपयोग गर्ने जनाउनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना