बाजुरा पहिरोः बेपत्ता प्रतीक्षा मृत फेला

बाजुरा,२९ साउन । बाजुरामा पहिरोमा परि बेपत्ता हुनु भएकी प्रतीक्षा थापा मृत भेटिनु भएको छ । पहिरोमा परेर बेपत्ता हुनु भएकी २० वर्षीय प्रतीक्षा थापाको खोजतलास गर्ने क्रममा मृत भेटिनु भएको हो ।पहिरोले पुरिएको अवस्थामा उहाँको शव भेटिएपछि गाउँ शोकाकुल बनेको छ।अविरल वर्षाले गर्दा बाजुराको त्रिवेणी नगरपालिका ताम्सुमा घर माथिबाट पहिरो गएको थियो।पहिरोमा परेर सोही ठाउँ बस्ने धौली देवी रावल र अन्दाजी ४० वर्षका धर्म थापा घाइते हुनु भएको थियो ।

 

घाइते भएकाहरूलाई उपचारको लागी जिल्ला अस्पताल ल्याइएको छ । बिहीबार राति देखिको अविरल वर्षापछि ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) शैलेश्वरी बोहराको कमान्डमा १७ जना प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटिएको थियो ।

 

पहिरोका कारण गाउँ थप जोखिममा देखिएको छ । पहिरोको अवस्था, घाइतेको उपचार र उद्धार, तथा क्षति विवरण बुझ्न र सुरक्षित बासका लागि पहल गर्ने बारे जानकारी लिन त्रिवेणी नगरपालिकाका प्रमुख—उपप्रमुखको टोली घटना स्थलमा छन् । बाजुरा प्रहरी प्रमुख, नेपाली सेना,सशस्त्र सबैको टोली उद्धारमा सक्रिय छन् ।गएरातिको भारी वर्षाले जिल्लाको जनजीवन अस्तव्यस्त र कष्टकर बनेको छ । बुढीगंगामा २ मा घर पसलमा क्षति पुगेको छ । गौमुल—२ मा पनि एक घर भत्किएको छ । पैदल बाटा घाटा अवरुद्ध अवस्थामा छन् । सडक क्षेत्र पनि पहिरो र पानीले ठाउँ ठाउँमा असहज बनेको छ । बाजुरामा बर्सेनि अविरल वर्षापछि बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना