सरकार असफल होस् भन्ने कांग्रेसको चाहना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल होस् भन्ने कांग्रेसको चाहना नरहेको बताउनु भयो ।शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि बोल्दै शर्माले प्रतिपक्षमा रहेको दलले सामान्यतया सरकार असफल भएको हेर्न चाहने भए पनि कांग्रेसले त्यस्तो धारणा नराखेको बताउनु भयो।उहाँले नयाँ सरकारको नीति तथा कार्यक्रम असफल हुँदा त्यसले समाजमा निराशा ल्याउने भएकाले कांग्रेसले प्रतिनिधिसभामा अवरोध गरे पनि राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्न सहयोग गरेको स्मरण गर्नु भयो।

 

शर्माले भन्नु भयो, ‘सरकारको असफलता हामी चाहँदैनौँ। सामान्यतया प्रतिपक्षीको स्वरबाट सुनिँदै गर्दा सरकारको असफलताको अपेक्षा हुन्छ। तर यही कांग्रेस पार्टीले प्रतिनिधिसभामा उभिएर प्रधानमन्त्रीको खोजी गर्दै सरकारको नीति तथा कार्यक्रम पारित गर्ने बेला अवरोध गरिरहेको अवस्थामा त्यही दिन राष्ट्रिय सभामा उभिएर कांग्रेस पार्टीले सरकारको नीति तथा कार्यक्रम पारित गर्न सघाएको थियो।’शर्माले कांग्रेस विगतभन्दा पृथक ढंगले अघि बढिरहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्ताले त्यसलाई आत्मसात गर्नुपर्ने बताउनु भयो । उहाँले कांग्रसको देउवा पक्षलाई संकेत गर्दै पार्टी केन्द्रले अघि सारेको नयाँ अभियानसँग सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘कांग्रेस विगतमा भन्दा पृथक ढंगले काम गरिरहेको छ । यो यथार्थलाई आज सुरु भएको राष्ट्रिय भेलाका प्रत्येक साथीहरूले पनि मनन गर्न जरुरी छ ।’निवर्तमान सभापति शेरबहादुर देउवा काठमाडौं फर्किएपछि कांग्रेसले स्वागत गरेको स्मरण गर्दै शर्माले देउवाबाट पार्टीका सबै नेता–कार्यकर्ताको कुरा सुन्ने प्रतिबद्धताको अपेक्षा गरिएको बताउनु भयो ।उहाँले देउवाले लिखित अभिव्यक्ति मार्फत परिवर्तनलाई आत्मसात गर्ने र युवालाई अगाडि बढाउने विषय उल्लेख गरेको भन्दै आगामी सम्मेलनमा पनि त्यसलाई केन्द्रमा राख्नुपर्ने बताउनु भयो ।

 

‘हाम्रो अपेक्षा थियो निर्वतमान सभापतिले बोल्दैगर्दा भनिदिनपर्ने थियो म लामो समयपछि देश फर्केको छु, सबैको सुन्न चाहान्छु । यद्यपी, लिखित अभिव्यक्ति आएको छ । परिवर्तनलाई आत्मसाथ गर्न चाहन्छु र युवा अगाडि बढाउने कुरा गर्नुभएको छ । राष्ट्रिय सम्मेलनले पनि त्यो कुरालाई केन्द्रमा राखोस,’ उहाँले भन्नु भयो ।शर्माले नेपाली कांग्रेस विधि, पद्धति र प्रक्रियामार्फत परिवर्तनको अध्यायमा प्रवेश गरिसकेको दाबी गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना