पर्यटनलाई विकासको प्रमुख आधार बनाउनुपर्छ : मन्त्री पौडेल

काठमाडौं,२९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले नेपालको समूल विकासका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने बताउनु भएको छ।शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा)को ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न भए पनि नीतिगत र संरचनागत कमजोरीका कारण पर्यटनबाट अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘नेपालको समूल विकासको एउटा मात्रै सम्भावना कुनै क्षेत्रमा छ भने त्यो पर्यटनमा छ । पर्यटन उद्योगका लागि आवश्यक पर्ने प्राकृतिक र सांस्कृतिक सबै चिजले सम्पन्न छौं । तथापि, हाम्रा कतिपय नीतिगत र संरचनागत कमजोरीका कारणले चाहेजस्तो उपलब्धिहरू हासिल गर्न सकिरहेका छैनौं ।’हवाई टिकटमा लगाइएको भ्याट, आईएटीए सम्बद्ध व्यवसायीको अधिकार तथा कमिसन र एजेन्सी डेबिट मेमो (एडीएम) का विषयमा मन्त्रालय गम्भीर रहेको उहाँले बताउनु भयो ।

 

‘हवाई टिकटमा लगाइएको भ्याट, आयटा सम्बद्ध व्यवसायीहरूको अधिकार सुनिश्चितता (कमिसन) र एजेन्सी डेबिट मेमो (एडीएम) का विषयमा मन्त्रालय अत्यन्तै संवेदनशील छ,’ उहाँले भन्नु भयो, ‘छोटो समयमा बजेट भाषणको संघारमा आइपुगेकाले तत्काल भ्याट हटाउन नसकिए पनि, आगामी वर्ष यसलाई तार्किक निष्कर्षमा पु¥याउने गरी म गृहकार्य गरिरहेको छु ।’पर्यटन ऐन संशोधनका क्रममा निजी क्षेत्रका सुझाव समेट्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले अहिलेको विधेयकमा केही महत्वपूर्ण विषय छुटेको बताउनु भयो।‘सम्पूर्ण निजी क्षेत्रका साथीहरूलाई मेरो आग्रह छ—आ–आफ्नो व्यवसायसँग सम्बन्धित कठिनाइहरू र नीतिगत समस्याहरूलाई हाम्रो पर्यटन विधेयकले सम्बोधन गरेको छ वा छैन, त्यसलाई गहिरिएर हेर्नुहोला,’ उहाँले भन्नु भयो, ‘त्यहाँ एड्भेन्चर टुरिजम र आरोग्य पर्यटन जस्ता धेरै विषयहरू छुटेका छन्।’

 

नेपालमा पर्यटनसम्बन्धी अध्ययन हुने एक मात्र सरकारी संस्था नाथमलाई थप प्रभावकारी बनाउँदै सातै प्रदेशमा विस्तार गर्ने विषयमा छलफल भइरहेको उहाँले बताउनु भयो ।मन्त्री पौडेलले आरोग्य पर्यटनलाई प्राथमिकता दिँदै यसै वर्षदेखि स्नातक र स्नातकोत्तर तहको अध्ययन सञ्चालन गर्न निर्देशन दिइएको पनि जानकारी दिइनु भयो ।नेपाल पर्यटन बोर्डको वर्तमान संरचना र कार्यशैलीबाट अपेक्षित सुधार गर्न कठिन रहेको भन्दै उहाँले बोर्डको लगानीलाई पूर्वाधार तथा प्रवद्र्धनमा केन्द्रित गर्ने बताउनु भयो ।

 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवस्था दयनीय रहेको उल्लेख गर्दै मन्त्री पौडेलले निगमलाई सार्वजनिक–निजी साझेदारी मोडलमा लैजानुपर्ने धारणा राख्नु भयो ।युरोपेली संघले नेपालका हवाई सेवा प्रदायकलाई हवाई सुरक्षा सूचीमा राखेको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको उहाँले बताउनु भयो ।सुशासनलाई समृद्धिको पहिलो आधार भन्दै मन्त्री पौडेलले निजी क्षेत्रमैत्री नीति निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना