दुर्गा प्रसाईंको प्रतीक्षामा धवलशम्शेरको ‘जय नेपाल पार्टी’

काठमाडौं ,२९ साउन। डा.धवलशम्शेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराउनु भएको छ । शुक्रबार राणाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुग्नु भएको छ ।

दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले दुर्गा प्रसाईंलाई पार्टीमा सहभागी हुन स्वागत गर्ने बताउनु भएको छ । उहाँले प्रसाईं र आफूहरूबीच पछि सहकार्य हुने जानकारी दिनु भयो ।

‘हामी दुर्गा प्रसाईंको प्रतीक्षामै छौँ । उहाँ आउनुहुन्छ भने स्वागत नै छ । अहिले जय नेपाल पार्टी दर्ता भएको छ । दुर्गा प्रसाईंजी हुनुहुन्न । उहाँले हामी पछि मिल्छौँ भन्नुभएको छ,’ राणाले भने ।

राणाका अनुसार जय नेपाल पार्टीले चुनाव चिह्नका रूपमा ‘त्रिभुज’ पाएको छ । त्रिभुजलाई हिमाल, पहाड र तराई तथा सनातन धर्म, राजसंस्था र प्रजातन्त्रका रूपमा व्याख्या गरिएको उहाँले बताउनु भयो । पार्टीको झण्डा सेतो रंगको हुने र त्यसमा रातो त्रिभुज रहने उहाँले जानकारी दिनु भयो ।

राणाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी दर्ता गरिएको बताउनु भयो । उहाँका अनुसार जय नेपाल पार्टीले देशभरका सबै स्थानीय तहको निर्वाचनमा सहभागी हुने तयारी गरेको छ ।

‘स्थानीय तहको निर्वाचनका लागि नै हामीले तयारी गर्न दल दर्ता गरेका हौँ । सम्पूर्ण स्थानीय तहको निर्वाचनमा हामी सहभागी हुन्छौँ,’ उहाँले भन्नु भयो ।

उहाँले स्थानीय तहमा सेवा गर्न इच्छुक र इमानदारीपूर्वक काम गर्न चाहने नेपाली नागरिकलाई जय नेपाल पार्टीबाट निर्वाचनमा सहभागी हुन आवेदन दिन आह्वानसमेत गर्नुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विशेष महाधिवेशन जबरजस्ती गरियो, अदालतप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताउनु भएको छ । कांग्रेसको इतरपक्षको राष्ट्रिय

चितवनमा घाइते बनाउने बाघ नियन्त्रणमा

चितवन ,३१ साउन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा

अनुभवहीन नेतृत्वका कारण मुलुक संकटतर्फ धकेलिएको आरोप

इलाम,३१ साउन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको अनुभवहीनता र अदूरदर्शी कार्यशैलीका कारण मुलुक बर्बादीतर्फ धकेलिएको आरोप लगाउनुभएको छ।इलाममा आयोजित

ओलीको खुला चुनौती : ‘सके छिट्टै अध्यक्षबाट हटाएर देखाउ’

इलाम,३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदबाट हटाएर देखाउन खुला चुनौती दिनु भएको छ। इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

धरान देखि तमोर करिडोर हुँदै पाँचथर जाने यात्रुवाहक वस दुर्घटना

धनकुटा,३१ साउन । धरानवाट तमोर करिडोर हुँदै पाँस्थरको यासोक जाने यात्रुवाहक वस आइतवार विहान १०ः४५ वजे कोशी लोकमार्गको लेउती भेडेटार सडक खण्डको चारखोले गोलाईमा दुर्घटना

सुदूरपश्चिममा नेकपाबाट मन्त्रीको टुंगो लाग्न सकेन

धनगढी ,३१ साउन । नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन नेकपाका खगराज भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा