कारागार सुधारका लागि कानुन संशोधन आवश्यक छ : मन्त्री गौतम

काठमाडौं,२९ साउन । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव संकलन गरिएको छ ।बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने विषयमा समेत छलफल भएको छ ।

 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कारागार व्यवस्थापनको समग्र सुधारका लागि विद्यमान कानुनमा आवश्यक संशोधन गर्नुपर्ने बताउनु भयो ।उहाँले समितिमा उठेका प्रश्न, प्रतिवेदनमा समेटिएका सुझाव तथा कैदीबन्दीलाई उत्पादनमूलक कार्यमा लगाउने र कारागार व्यवस्थापन सुधारका लागि गठित अध्ययन समितिको प्रतिवेदनलाई समेत आधार बनाएर सरकारले आवश्यक काम अघि बढाउने बताउनु भयो।‘यो विषयवस्तुमा लामो समयदेखि छलफल गर्दै आइरहेका छौँ । आज समितिमा उठेका प्रश्न, समितिले अध्ययन गरेर प्रतिवेदनमा सुझाएका विषयवस्तु र कैदीबन्दीलाई उत्पादनमूलक कार्यमा लगाउने तथा कारागार व्यवस्थापनको समग्र सुधार गर्न गठित अध्ययन समितिको प्रतिवेदन पनि हामीसँग छ,’ मन्त्री गौतमले भन्नु भयो ।

 

उहाँका अनुसार कारागार व्यवस्थापन सुधारसम्बन्धी अध्ययन समितिको प्रतिवेदन आएको करिब डेढ महिना भएको छ । विगतमा प्राप्त सुझावहरूलाई कानुन संशोधन नगरी कार्यान्वयन गर्न कठिनाइ रहेकाले अबको बाटोबारे सरकारले अध्ययन गरिरहेको उहाँले बताउनु भयो ।मन्त्री गौतमले कारागार ऐन, २०७९ जारी भए पनि त्यसले सबै विषयलाई समयसापेक्ष रूपमा समेट्न नसकेको बताउनु भयो । ऐनमा अझै धेरै विषय छुटेकाले आवश्यकताअनुसार कानुन सुधार गर्नुपर्ने उहाँको भनाइ छ ।

 

‘कारागार ऐन, २०७९ मा आएको छ । समयसापेक्ष बनाउनका लागि भनेर त्यो ऐन आयो तर अझै पनि समयसापेक्ष बनेन । अझै पनि धेरै विषयवस्तु बाहिर छुटेका छन्,’ उहाँले भन्नु भयो ।उहाँले कारागार सुधारको विषय कुनै दलविशेषको नभई साझा विषय भएकाले सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिइनु भयो । समाजलाई सुरक्षित र शान्तिपूर्ण बनाउने जिम्मेवारी सबैको साझा भएको उहाँको भनाइ छ ।मन्त्री गौतमले समितिमा सांसदहरूले दलीय धारणाभन्दा माथि उठेर विज्ञ र समाजको आवाजका रूपमा कारागार व्यवस्थापन तथा कानुन सुधारबारे सुझाव दिएको बताउनु भयो । ती सुझावका आधारमा राज्यले आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न सक्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना