स्वास्थ्य उपचार र बीमा सुधारबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,३० साउन । देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ।प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एकरूपता ल्याउन जारी मानक उपचार प्रोटोकल (एसटीपी) लाई स्वास्थ्य बीमासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो।बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा. पवनजंग रायमाझीसहित सरकारी स्वास्थ्य संस्थामा कार्यरत पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटीलगायत १८ क्षेत्रका विशेषज्ञ चिकित्सक सहभागी थिए।

 

विशेषज्ञ चिकित्सकहरूले आ–आफ्नो क्षेत्रमा प्रयोग भइरहेका उपचार प्रोटोकलका व्यावहारिक पक्ष, समस्या तथा सुधार गर्नुपर्ने विषयबारे सुझाव दिएका थिए। विभिन्न विभाग तथा महाशाखाले छुट्टाछुट्टै प्रोटोकल निर्माण गर्दा समन्वयको अभाव देखिएको भन्दै त्यसलाई समाधान गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।डा. रायमाझीका अनुसार आवश्यकता पहिचान गरी हालसम्म १९ वटा उपचार प्रोटोकल तयार गरिएको छ। तीमध्ये केही स्वीकृत भएर कार्यान्वयनमा आइसकेका छन् भने केही प्रक्रियामा रहेका छन्। कार्यान्वयनमा रहेका प्रोटोकललाई पनि समयअनुकूल परिमार्जन गरी एकरूपता कायम गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो ।

 

स्वास्थ्य उपचारका क्रममा आवश्यकताभन्दा बढी सीटी स्क्यान, एमआरआईलगायत परीक्षण गराउने प्रवृत्तिले बिरामीको आर्थिक भार बढाउनुका साथै स्वास्थ्य बीमा कार्यक्रमको खर्चसमेत बढाउने भएकाले आवश्यकताका आधारमा मात्र परीक्षण गराउने गरी स्पष्ट प्रोटोकल बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ।प्रोटोकलको प्रभावकारी कार्यान्वयन तथा समयानुकूल परिमार्जनबाट अनावश्यक स्वास्थ्य परीक्षण र महँगा औषधिको प्रयोग घट्ने अपेक्षा गरिएको छ। यसबाट बिरामीको उपचार खर्च कम हुनुका साथै सरकारी स्वास्थ्य कोषको दुरुपयोग नियन्त्रण गर्न र स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं,३० साउन । इन्डोनेसियामा शनिबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार स्थानीय समयअनुसार बिहान ३ बजेर २८

स्वास्थ्य उपचार र बीमा सुधारबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,३० साउन । देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ।प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको