पहिरो हटेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा

चितवन,३१ साउन । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग पहिरो हटाएपछि पूर्णरूपमा सञ्चालनमा आएको छ ।शनिबार राति करिब १०ः२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा नारायणगढ–काठमाडौं सडकखण्डको आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको थियो ।

 

पहिरोका कारण सडक अवरुद्ध भएपछि सुरक्षाकर्मी तथा सडक मर्मत टोलीले पहिरो पन्छाउने काम गरेका थिए । पहिरो हटाएपछि आइतबार बिहान ६ः४५ बजेदेखि नारायणगढबाट काठमाडौंतर्फ जाने र काठमाडौंबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन पूर्णरूपमा सञ्चालनमा आएको हो ।सडक सञ्चालनमा आएपछि पहिरोका कारण रोकिएका तथा नियमित आवतजावत गर्ने सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन् । हाल उक्त सडकखण्डमा सवारी आवागमन सामान्य रहेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विशेष महाधिवेशन जबरजस्ती गरियो, अदालतप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताउनु भएको छ । कांग्रेसको इतरपक्षको राष्ट्रिय

चितवनमा घाइते बनाउने बाघ नियन्त्रणमा

चितवन ,३१ साउन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा

अनुभवहीन नेतृत्वका कारण मुलुक संकटतर्फ धकेलिएको आरोप

इलाम,३१ साउन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको अनुभवहीनता र अदूरदर्शी कार्यशैलीका कारण मुलुक बर्बादीतर्फ धकेलिएको आरोप लगाउनुभएको छ।इलाममा आयोजित

ओलीको खुला चुनौती : ‘सके छिट्टै अध्यक्षबाट हटाएर देखाउ’

इलाम,३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदबाट हटाएर देखाउन खुला चुनौती दिनु भएको छ। इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

धरान देखि तमोर करिडोर हुँदै पाँचथर जाने यात्रुवाहक वस दुर्घटना

धनकुटा,३१ साउन । धरानवाट तमोर करिडोर हुँदै पाँस्थरको यासोक जाने यात्रुवाहक वस आइतवार विहान १०ः४५ वजे कोशी लोकमार्गको लेउती भेडेटार सडक खण्डको चारखोले गोलाईमा दुर्घटना

सुदूरपश्चिममा नेकपाबाट मन्त्रीको टुंगो लाग्न सकेन

धनगढी ,३१ साउन । नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन नेकपाका खगराज भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा