बालेन प्रति ओलीको कटाक्ष

अनुभवहीन नेतृत्वका कारण मुलुक संकटतर्फ धकेलिएको आरोप

इलाम,३१ साउन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको अनुभवहीनता र अदूरदर्शी कार्यशैलीका कारण मुलुक बर्बादीतर्फ धकेलिएको आरोप लगाउनुभएको छ।इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्य सञ्चालनका लागि आवश्यक ज्ञान, सीप र दक्षता नयाँ भनिएका राजनीतिक शक्तिहरूसँग नभएको दाबी गर्नुभएको छ।

 

खाना पकाउन नजान्नेलाई भान्साको जिम्मेवारी दिएजस्तै अनुभवहीन नेतृत्वले देश चलाउँदा संकट निम्तिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “शासन सञ्चालन ज्ञान र क्षमताको विषय हो। जानेकाले गर्ने ठाउँमा अनुभवहीन व्यक्तिलाई जिम्मेवारी दिँदा देशले ठूलो क्षति व्यहोर्नुपर्छ।”

 

राष्ट्रिय राजनीति र प्रशासनमा सक्षम नेतृत्वको अभावमा बेथिति बढेको उल्लेख गर्दै अध्यक्ष ओलीले वर्तमान अवस्थामा संविधानको समेत उल्लंघन भइरहेको दाबी गर्नुभयो। प्रतिनिधि सभाको कार्यकाल बाँकी छँदै असंवैधानिक रूपमा विघटन गरिएको आरोप लगाउँदै उहाँले यसको जवाफ जनताले खोज्नुपर्ने बताउनुभयो।

 

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि अनुभवी नेतृत्वको विकल्प नभएको स्पष्ट पार्दै अध्यक्ष ओलीले सचेत भएर भूमिका निर्वाह गर्न पार्टी पंक्तिलाई निर्देशन दिनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

काठमाडौं,३१ साउन । स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको

निगमबाट उपत्यकामा ग्यास वितरण जारी

काठमाडौं ,३१ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै ग्यास वितरण गरिरहेको छ । काठमाडौँ उपत्यकामा ग्याँसको उच्च

युवाले मदन भण्डारीका विचार आत्मसात गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताउनु

विशेष महाधिवेशन जबरजस्ती गरियो, अदालतप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताउनु भएको छ । कांग्रेसको इतरपक्षको राष्ट्रिय

चितवनमा घाइते बनाउने बाघ नियन्त्रणमा

चितवन ,३१ साउन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा

अनुभवहीन नेतृत्वका कारण मुलुक संकटतर्फ धकेलिएको आरोप

इलाम,३१ साउन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको अनुभवहीनता र अदूरदर्शी कार्यशैलीका कारण मुलुक बर्बादीतर्फ धकेलिएको आरोप लगाउनुभएको छ।इलाममा आयोजित