युवाले मदन भण्डारीका विचार आत्मसात गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताउनु भएको छ।आइतबार आयोजित ‘नेपालको परिवर्तनशील राजनीतिक, प्राविधिक र भूराजनीतिक वास्तविकताहरू’ विषयक युवा संवाद कार्यक्रममा बोल्दै भण्डारीले समय र समाज परिवर्तनसँगै युवाका सोच, आकांक्षा र सम्भावनासमेत फराकिलो बन्दै गएको बताउनु भयो।

 

उहाँले मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियासँग जोड्दै जनताको बहुदलीय जनवादको अवधारणा अघि सारेको स्मरण गर्नु भयो । लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित नराखी जनताको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, सामाजिक न्याय र जनसहभागितासँग जोडेर अघि बढाउनुपर्ने दृष्टिकोण भण्डारीले प्रस्तुत गरेको उहाँले बताउनु भयो।‘आज समय बदलिएको छ, समाज बदलिएको छ । प्रविधिले हाम्रो जीवन र राजनीतिक चेतनालाई नै परिवर्तन गरिदिएको छ,’ भण्डारीले भन्नु भयो,‘त्यसैले नयाँ पुस्ताले मदन भण्डारीका विचारलाई गहिरो गरी बुझ्दै, अध्ययन गर्दै आत्मसात गरेर आजको बदलिँदो समय, आवश्यकता र सम्भावनाअनुसार अघि बढ्ने बाटो खोज्नुपर्छ ।’

 

भण्डारीले युवासामु लोकतन्त्रलाई अझ प्रभावकारी र जनमुखी बनाउने, राज्यका संस्थालाई जवाफदेही र सक्षम बनाउने तथा राजनीतिक दलको नेतृत्वमा युवाको विश्वास र सहभागिता बढाउनेलगायतका चुनौती रहेको बताउनु भयो ।यस्तै, शिक्षा र रोजगारीका अवसर विस्तार गर्ने, युवालाई स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण बनाउने तथा प्रविधि र सामाजिक सञ्जाललाई लोकतन्त्र, सूचना प्रवाह र नागरिक सहभागिताका लागि प्रभावकारी रूपमा प्रयोग गर्ने विषयमा पनि गम्भीर छलफल आवश्यक रहेको उहाँको भनाइ थियो ।‘हामीले चाहेको समाज र राज्य कस्तो बनाउने भन्ने विषयमा खुला मनले सोच्ने, अध्ययन गर्ने र आपसमा विचार आदानप्रदान गर्ने आवश्यकता छ,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमालेमा पुनर्गठन होइन, पुनःजागरण आवश्यक छ : ओली

झापा,३१ साउन। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पुनर्गठको विषय सडक छापका कुरा भएको बताउनु भएको छ्। झापाको बिर्तामोडबाट आजदेखि सुरु भएको

पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

काठमाडौं,३१ साउन । स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको

निगमबाट उपत्यकामा ग्यास वितरण जारी

काठमाडौं ,३१ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै ग्यास वितरण गरिरहेको छ । काठमाडौँ उपत्यकामा ग्याँसको उच्च

युवाले मदन भण्डारीका विचार आत्मसात गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताउनु

विशेष महाधिवेशन जबरजस्ती गरियो, अदालतप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताउनु भएको छ । कांग्रेसको इतरपक्षको राष्ट्रिय

चितवनमा घाइते बनाउने बाघ नियन्त्रणमा

चितवन ,३१ साउन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा