एमालेमा पुनर्गठन होइन, पुनःजागरण आवश्यक छ : ओली

झापा,३१ साउन। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पुनर्गठको विषय सडक छापका कुरा भएको बताउनु भएको छ्। झापाको बिर्तामोडबाट आजदेखि सुरु भएको एमालेको मिसन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले पार्टी पुनर्गठ के हो भन्ने विषयमा विगतका इतिहासलाई कोट्याउँदै अहिलेको पुनर्गठको कुरा अस्वीकार गर्नु भयो।पहिलो पटक १९ सालमा पार्टी पुनर्गठन भएको र २८ सालको पार्टी पुनर्गठ आफूहरूले गरेको ओलीले दाबी गर्नु भयो । उहाँले तेस्रो पुनर्गठ २०७७–७८ सालमा आफ्नै नेतृत्वमा भएको दाबी गर्नु भयो ।

 

‘एमाले सिद्ध्याउँछौँ, केपी ओली सिद्ध्याउँछौँ भनिरहेको बेला, कार्यकर्ता भड्काउने, जनता भड्काउने बेलामा हामीले नेपालको कम्युनिस्ट पार्टीमा सबैभन्दा बहुमत भएको पार्टी बनायौँ,’ उहाँले भन्नु भयो, ‘७५ सालको पार्टी एकतापछि झन्डै दुई तिहाइको पार्टी बनायौँ । त्यही बेला केही घुसपैठैया, कुण्ठाग्रस्त प्रवृत्तिहरूले पार्टी टुक्र्याए । पार्टीलाई टर्च बालेर हिँड्ने बनाउँछौँ भने, भित्तामा पु¥याउँछौँ भन्नु भयो। मलाई पार्टी सदस्यबाटै निष्कासन गरे ।’

 

उहाँले आफूलाई विगतमा पनि यस्तै गरेको दाबी गर्नु भयो । ‘मलाई पार्टीबाट हटाउनु पर्छ भन्ने कुरा आजको होइन । सिपी मैनाली, आरके मैनालीहरूले षड्यन्त्र गर्दा २९ सालदेखि ३३ सालसम्म मेरो पार्टी सदस्यता थिएन । मलाई जेल हाल्दा, गोलघरमा बस्दा मेरो पार्टी सदस्यता थिएन । मैले फेरि ३३ सालमा करिब मैले सदस्यता जेलमै प्राप्त गरेँ,’ ओलीले भन्नु भयो। जति षड्यन्त्र भएपनि पार्टीलाई जस्ताको तस्तै उठाएको दाबी गर्नु भयो । एमालेमा नेपाल प्रतिबिम्बित भएको दाबी गर्दै उहाँले जात, जाती, भाषा, भूगोल सबै अटाएको पनि बताउनु भयो ।

उहाँले आफूहरू जस्ता जवान तन्दुरुस्तदेखि पाका, नयाँ सबै खालका मानिसहरू पार्टीमा रहेको बताउनु भयो । ‘हामी जस्ता तन्दुरुस्त जवानहरू पनि छन्,’ ओलीले भन्नु भयो । उहाँले यसो भन्दा हलमा हाँसो चलेको थियो । उहाँले एमालेले आफ्नो पार्टीले महिला राष्ट्रपति, महिला प्रधान न्यायाधीश, महिला मुख्यमन्त्री बनाएको बताउनु भयो ।अहिले पार्टी पुनर्गठको कुरा वास्तविक नभएको उहाँले दाबी गर्नु भयो । कुनै कमिटीको वा कुनै जनवर्गीय सङ्गठनहरूको पुनर्गठको कुरा भएको हुनसक्ने बताउँदै उनले यसअघि भएका पुनर्गठजस्तो अहिलेको नभएको दाबी गर्नु भयो। ‘पुनर्गठ भनेको एउटा नीति, गन्तव्य, सङ्घर्ष र कार्यक्रमसम्म नयाँ बनाउने कुरा हो,’ उहाँले भन्नु भयो, ‘आज हामी पुनर्गठको बेला होइन । पुनःजागरणको कुरा हो ।’

 

पार्टी सदस्यता भन्दा कम भोट आएको विषय लाजमर्दो भएको भन्दै उहाँले अब वास्तविक नवीकरण र पुनःजागरण आवश्यक भएको बताउनु भयो । ‘नयाँ सदस्य थप्ने, नयाँ बनाउनुहोस्,’ उहाँले भन्नु भयो, ‘रुखमा पलाएजति सबै पात अडिन्छन् भन्ने छैन । झर्ने र फेरि पलाउने हुन्छ । हाम्रो पार्टीमा केही पुराना झरे पनि एमालेको वृक्ष सधैँ झपक्क लागि राखेको हुन्छ ।’भदौ २४ गते आफू प्रधानमन्त्री रहेको र चैतमा उपद्रो मच्चाउने सरकार बनेको ओलीले बताउनु भयो । ‘वर्तमान सरकारले आफूमाथि प्रतिशोध लिने ध्यान मात्रै दिएको बताउनु भयो । शिलान्यास गरेको शिलापत्र निकालेर उद्घाटन गरे,’ ओलीले भन्नु भयो।

 

पार्टीभित्र अवसर नपाउने मानिस खासै असन्तुष्ट नरहेको उहाँले दाबी गर्नु भयो । ‘पाएका असन्तुष्ट छन् । खाएका असन्तुष्ट छन्, पर्याप्त अवसर लिनेहरू असन्तुष्ट छन्,’ ओलीले भने, ‘पहिले पनि त्यही भएको हो । अलिअलि त्यस्तै हो । किर्नाहरू पनि टन्न खाएर अघाएपछि भैँसीबाट झर्छन् । एमालेमा पनि त्यस्तै हो कि जस्तो कतिपयलाई लागेको छ । एमाले त्यस्तो पार्टी होइन । केही पाएकाले भोट हालेनन् । केही नपाउनेले भोट हाले ।’

 

मन परेन भने जे पनि छोड्न पाइने उहाँले बताउनु भयो । ‘पार्टीको विषय हाम्रो आन्तरिक विषय हो । अध्यक्ष हट्नुपर्छ भन्ने कसैलाई लाग्यो भने सामाजिक सञ्जालमा स्ट्याटस लेखेर अध्यक्ष हटाउने, हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने हुन्छ ? त्यो अनुशासनहिनता हो । अराजकता हो । त्यो कुरा पार्टीमा मान्य हुन सक्दैन । सह्य हुँदैन । पार्टीभित्र कुरा गर्न पाइन्छ । पार्टीमा डेमोक्रेसी छ,’ ओलीले भन्नु भयो, ‘अग्नी साक्षी राखेर, सातफेरा लगाएर विवाह गरेको श्रीमान् श्रीमती त मन परेन भने छोड्छन् । अध्यक्ष छोड्नै नहुने भन्ने हो र ?।’ तर, त्यसको पनि विधि हुने उहाँले बताउनु भयो । पार्टीको नेता भएर लबर लबर यता, उता हुने कुरा नपाइने ओलीको भनाइ छ । पार्टीका विचार ठिक छैन भन्ने लागे पार्टीमै कुरा गर्न पाइने भएपनि बाहिर विरोधीको लागि हाँसोको विषय बनाउनु नहुने ओलीले बताउनु भयो । आलोचना कसैको छ भने आफू सुन्न तयार रहेको उहाँले बताउनु भयो । माथिको नेताले त झनै गलत व्यवहार र गलत आचरण गर्न नपाइने उहाँको भनाइ थियो ।

 

‘मैले हप्काएर मान्छे बेहोस भयो भनेर प्रचार भएको छ,’ उहाँले भन्नु भयो, ‘मैले जीवनमा अहिलेसम्म कडा बचन, कडा स्वर कहिल्यै कसैलाई भनेको थिएँ भने हात उठाएर भन्नुहोस् । मैले कसैलाई हप्काउने कुरा गरेको छैन । कसैलाई हप्काउन पाइँदैन । यहाँ कोही मालिक र कोही दास छैनन् । कोही हप्काउने कोही हप्की खाने छैनन् ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सूचना प्रविधिले पुँजीवादलाई थप बलियो बनाएको छ : शंकर पोखरेल

काठमाडौं,३१ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको विकासले पुँजीवादलाई थप बलियो बनाउँदै विश्वव्यापी श्रम शोषण बढाएको बताउनु भएको छ । आइतबार

भदौ १ देखि एनसेलको थ्रीजी बन्द

काठमाडौं , ३१ साउन । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने

जाजरकोट पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा

जाजरकोट,३१ साउन । शनिबार बेलुकी भेरी नगरपालिका–२ रिसाङमा पहिरोमा परेर वेपत्ता भएका तीन जनाको शव फेला परेको छ भने एक जना उपचारकै क्रममा मृत्यु भएको

वामपन्थी शक्तिका पहल एकीकृत हुँदा मात्रै उपलब्धि हासिल हुन्छ : शक्ति बस्नेत

काठमाडौं,३१ साउन । नेपाली कम्युनिष्ट पार्टीका नेता शक्ति बस्नेतले वामपन्थी शक्तिहरूका फरक–फरक पहल र गतिविधिलाई एकीकृत गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ । आइतबार समाजवाद

शशांकको नेतृत्वमा आगामी कांग्रेस इतरसमूह अघि बढ्ने

काठमाडौं ,३१ साउन। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा। शशांक कोइरालालाई समूहको नेतृत्वमा अघि सारेको छ । काठमाडौंमा जारी राष्ट्रिय सम्मेलनबाट कोइरालालाई इतरसमूहको नेतृत्व गर्दै

एमालेमा पुनर्गठन होइन, पुनःजागरण आवश्यक छ : ओली

झापा,३१ साउन। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पुनर्गठको विषय सडक छापका कुरा भएको बताउनु भएको छ्। झापाको बिर्तामोडबाट आजदेखि सुरु भएको