मुख्यमन्त्रीको सपथ पछि सुदूरपश्चिममा नेकपाले मन्त्री टुंगो लगाउने

धनगढी,१ भदौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लगेपछि मात्रै बाँकी मन्त्रीको टुंगो लग्ने भएको छ । विश्वासको मत प्रयोजनका लागि भदौ २ गते प्रदेश सभा बैठक बोलाउने तयारी भइरहेको जनाइएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा मन्त्री चयनमा समस्या भएपछि विश्वासको मत लगेपछि मात्रै सरकारलाई पूर्णता दिने निर्णयमा सो पार्टी पुगेको हो । नेकपामा रहेका साविकका तीन वटै घटकलाई एक एक मन्त्री दिने आन्तरिक सहमति भए पनि मन्त्रीका आकांक्षीको व्यवस्थापनमा समस्या भएपछि सरकारको पुर्णता दिने कार्य पछि धकेलिएको हो ।

मन्त्री चयनमा असमmदारी बढ्दा सरकारलाई जोखिम बढ्न सक्ने आकलन गर्दै मुख्यमन्त्री भट्टले बिश्वासको मत लिइसकेपछि मात्र सरकारलाई पुर्णता दिने तयारी गरेका हुन् । मुख्यमन्त्री खगराज भट्टले शपथ लिएकै दिन सत्ता साझेदार नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीको समेत सपथ गराइएको थियो ।

नेकपाको भागमा परेका तीन मध्य साविकको नेकपा माओवादी, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीलाई एक एक मन्त्री पद दिने आन्तरिक सहमति भएको छ । तर ती समुहबाट प्रतिनिधित्व गर्ने व्यक्तिको टुंगो लाग्न नसक्दा मन्त्रीमण्डलले पुर्णता पाउन सकेको छैन ।

व्यक्तिसँगै कुन समुहले कुन मन्त्रालय लिने भन्ने बिषय पनि सहमति हुन सकेको छैन । सबै समुहले भौतिक पुर्वाधार बिकास मन्त्रालय खोजेपछि मन्त्री छनौट झन पेचिलो बनेको छ । प्रदेशमा मन्त्रीका आकांक्षी बढी भएपछि र समुहहरुको व्यवस्थापन गर्नु पर्ने भएपछि केन्द्रले नै आप्mनो भागमा रहेका मन्त्रीहरुको टुंगो तत्काल नलगाएको हो ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम कैलाली जिल्ला सहइन्चार्ज लक्षीराम आचार्य पार्टीको केन्द्रले नै अहिले रोक्न भनेकोले मन्त्रीको टुंगो तत्काल लाग्न नसकेको बताउँछन् । ‘माथिबाट नै मन्त्री चयनको काम अहिले रोक्नुस् भनेको छ,’ केन्द्रिय सदस्य आचार्य भन्छन् ‘त्यसो भए पहिले बिश्वासको मत लिनुस्, अनि मन्त्री टुंग्याउनु होला भन्ने सुझाव मुख्यमन्त्रीलाई दिएका छौं ।’

श्रोतका अनुसार नेपा कम्युनिष्ट पार्टी (साविकको नेकपा माओवादी) बाट मान बहादुर धामी, शिवसिंह ओली र ओमबिक्रम भाट, साविकको नागरिक उन्मुक्तिबाट कैलाश चौधरी र खुशीराम चौधरी मन्त्री बन्ने दौडमा छन् ।

त्यस्तै साविकको नेकपा एसबाट प्रकाश रावल र नरेश शाही मन्त्री बन्ने दौडमा छन् । रावल र शाही दुवै जनाले यसअघि पनि मन्त्रीको जिम्मेवारी पाइसकेका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट दुई जना राज्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । नेकपाबा जानकी कुवँर–साविकको नेकपा माओवादी, र इन्दिरा गिरी (साविकको नागरिक उन्मुक्ति पार्टी) राज्यमन्त्री बन्ने टुंगो लागेका छ ।

नेपाली कम्युनिष्ट पार्टीबाट राज्यमन्त्री बन्ने निश्चित भएका कुवर, गिरी र मन्त्रीको दौडमा रहेका शिवसिंह ओली अहिलेसम्म मन्त्री बनेका छैनन् । सो पार्टीका अरु सबै प्रदेश सभा सदस्यहरु अहिलेसम्म मन्त्री बनिसकेका छन् । नेकपा एमालेको समर्थनमा नेकपाका खगराज भट्ट साउन २९ गते सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना