मन्त्रीको नाम टुंगिएन, आजै शपथको तयारीमा

काठमाडौँ , १ भदौ । कोशी प्रदेश सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरूको नाम अझै टुंगिएको छैन । तर, नयाँ मन्त्रीहरूको शपथ भने आजै दिउँसो ३ बजे गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले थालेको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शपथका लागि औपचारिक पत्र आइसकेको छैन । तर, दिउँसो ३ बजे शपथ गराउने अनौपचारिक जानकारी आएपछि आवश्यक तयारी थालिएको हो ।

सत्तारूढ गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टी, नेकपाले कोशी प्रदेश सरकारमा चार मन्त्रालय पाउने सहमति भएको छ । तर, ती मन्त्रालय सम्हाल्ने मन्त्रीको नाम भने अझै सार्वजनिक भएको छैन ।

मन्त्रीको नाम टुंग्याउन नेकपाका प्रदेश इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश संयोजक हर्क नेम्बाङ ‘मिक्सो’बीच छलफल जारी छ ।

चारमध्ये कोशीमा मन्त्रीको नाम अझै टुंगो लागेन, आजै ३ बजे शपथको तयारी भौतिक पूर्वाधार विकास तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी टुंगिएको नेताहरूले बताएका छन् । बाँकी दुई मन्त्रालय र मन्त्रीको नाममा भने सहमति जुट्न बाँकी छ ।

पार्टीभित्र नाम टुंगिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छलफल गरेर मन्त्रालयको अन्तिम जिम्मेवारी तोक्ने तयारी छ ।

नाम र मन्त्रालयको जिम्मेवारी नै टुंगो नलाग्दै शपथको समय तय भएपछि अबको केही घण्टाभित्रै नेकपाले आफ्ना मन्त्रीहरूको नाम सार्वजनिक गर्ने सम्भावना छ ।

अर्थात्, कोशीमा नयाँ मन्त्री को बन्दैछन् भन्ने सस्पेन्स अब केही घण्टामै हट्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि

दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार

काठमाडौं,१ भदौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार विहान गरिने भएको छ । श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा घरमै