नेपाल टेलिकम

खोटाङमा टेलिकमको ‘फाइबर टू दी होम’ सेवा

 

 

खोटाङ / जिल्लास्थित नेपाल टेलिकमको शाखाले दिक्तेल बजारमा ‘फाइबर टू दी होम’ (घरघरमा फाइवर) सेवा प्रारम्भ गरेको छ । आफ्नो सेवालाई गुणस्तरीय बनाउन र सेवाग्राहीलाई द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा दिक्तेल बजारको तल्लो भेग (बेसक्याम्पभन्दा मुनि)मा उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।

पुरानो प्रविधिको कपर (तामाको तार) प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति घट्दै जाने, पटक–पटक इन्टरनेट आउने÷जाने समस्याका कारण हैरानी खेप्नुपर्ने अवस्था अन्त्य गर्न फाइबर सेवा सञ्चालनमा ल्याइएको शाखा प्रमुख खगेन्द्र मगरले बताउनुभयो । टेलिकमले झण्डै वर्षदिन लगाएर फलामे पोलमार्फत सेवाग्राहीको घरघरमा फाइबर तार पु¥याएको छ ।आगामी वैशाख महिनाभित्र दिक्तेल बजारका सबै ग्राहकलाई फाइबर सेवा उपलब्ध गराइने योजना रहेको उक्त शाखाले जनाएको छ । टेलिकमका सेवाग्राहीले अब ल्यान्डलाइन टेलिफोन, एडिएसएल इन्टरनेट, मोबाइल डाटा प्याकलगायत सेवा द्रुत गतिमा लिन पाउने भएका छन् । पुरानो प्रविधिलाई विस्थापित गरी नयाँ प्रविधिको सेवा दिन सुरु गरिएको टेलिकमले जनाएको छ ।
दिक्तेल बजारमा सञ्चालन गरिएको फाइबर सेवा गाईघाटबाट रसुवाघाट हुँदै दिक्तेल ल्याइएको थियो । दिक्तेल बजारमा फाइबर सेवा सञ्चालनमा आएसँगै टेलिकमले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई निःशुल्क डिभाइस (इन्टरनेट, टेलिफोन र टेलिभिजन सञ्चालन गर्न प्रयोग हुने उपकरण) वितरण गरिरहेको छ ।

तामाको तारमार्फत जडित एडिएसएल इन्टरनेट सेवा दुई एमबिपिएसदेखि बढीमा पाँच एमबिपिएस गतिमा मात्र चल्ने भएकामा फाइबर प्रविधि जडान गरेपछि घटीमा आठ एमबिपिएसदेखि ८० एमबिपिएस गतिमा चल्ने जनाइएको छ । इन्टरनेट सेवा प्रभावकारी नहुँदा हैरानी खेप्दै आएका उपभोक्ता द्रुतगतिको फाइबर सेवा सञ्चालन भएपछि हर्षित छन् ।

फाइबर सेवा सञ्चालनमा ल्याएसँगै टेलिकमले शुल्कसमेत निर्धारण गरेको छ । आठ एमबिपिएसको इन्टरनेटका लागि रु आठ सय, २५ एमबिपिएसका लागि रु १० हजार ५००, ४० एमबिपिएसका लागि रु १५ हजार ३०० र ८० एमबिपिएसका लागि रु २० हजार ५०० शुल्क निर्धारण गरिएको टेलिकमले जनाएको छ । यसैगरी २५ एमबिपिएसभन्दा बढी क्षमताको सेवा लिने ग्राहकले आफ्नो मोबाइलमा हरेक दिन ३०० एमबी डाटा प्याक तथा २५० मिनेट टेलिफोन निःशुल्क प्रयोग गर्न पाउनेछन् । सेवा लिन चाहने ग्राहकले जडान खर्च भने रु ५०० टेलिकमलाई बुझाउनुपर्ने जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरबाहीले जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका थिए । सेवाग्राहीलाई बिना झन्झट छिटो सेवा दिने उद्देश्यले अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयले पेपरलेस (बिना कागजात) इन्टरनेटमार्फत कामसमेत सुरु गरे पनि इन्टरनेट सेवा प्रभावकारी नहुँदा कार्यालयमा जडान गरिएका कम्प्युटरमा सिस्टम (प्रविधि) नचलेपछि सेवाग्राहीको काम घण्टौँसम्म रोकिने गरेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट सञ्जाल रहेपनि कतिपयले सेवाग्राहीबाट अग्रिम भुक्तानी लिएर बेखबर भएका छन् भने कतिपयले मासिक रुपमा भुक्तानी लिएर सेवा दिइरहेका छन् । इन्टरनेट सेवा प्रभावकारी नहुँदा सबैभन्दा बढी बैङ्क तथा वित्तीय संस्था र जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मी मारमा पर्दै आएकका छन् । यससँगै जग्गा पास तथा नामसारी गर्न जिल्ला मालपोत कार्याल आउने सेवाग्राही पनि उत्तिकै मारमा पर्ने गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति