पुनद्वारा रोल्पाकोे विपदबारे सरकारको ध्यानाकर्षण

काठमाडौं,१ भदौं।  नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मनसुन सुरु भएसँगै रोल्पामा बाढी, पहिरो र चट्याङका घटनामा परी पछिल्लो दुई सातामा २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले रोल्पाका विभिन्न क्षेत्रमा पहिरोमा परी ठूलो जनधनको क्षति भएको जानकारी गराउनु भयो। उहाँका अनुसार साउन २७ गते थवाङ गाउँपालिकाको उवा क्षेत्रमा गएको भीषण पहिरोमा १३ जनाको मृत्यु भएको छ।

त्यसैगरी, साउन २८ गते सुनछहरी गाउँपालिकाको गाम क्षेत्रमा पहिरोमा परी चार जनाको मृत्यु भएको उहाँले बताउनु भयो। साउन ३० गते लुङ्ग्री गाउँपालिकाको धैरेनीमा पहिरोमा परी एक जनाको मृत्यु भएको पुनले जानकारी दिनु भयो।

त्यस्तै, सेरममा पहिरोमा परी दुई जना, परिवर्तन गाउँपालिकाको पाछावाङ क्षेत्रमा एक जनाको मृत्यु भएको उहाँले बताउनु भयो । लुङ्ग्री गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको उल्लेख गर्दै पुनले साउन महिनाको पछिल्लो दुई सातामा मात्रै जिल्लामा २२ जनाको मृत्यु भएको जानकारी दिनु भयो ।

उहाँले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग उहाँले आग्रह गर्नुभयो।

पुनले आफूले प्रधानमन्त्रीसँग भेटेर समेत विपद्को अवस्थाबारे ध्यानाकर्षण गराएको बताउनु भयो। उहाँले विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा विशेष ध्यान दिन, खोज तथा उद्धारका संयन्त्रलाई चुस्त बनाउन र प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पु¥याउन सरकारसँग माग गर्नुभयो।

उहाँले सुलिचौर–उवा–थवाङ सडक तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनु भयो । पहिरोका कारण खानेपानी, सडक तथा पुलमा क्षति पुगेकाले तिनको शीघ्र पुनस्र्थापना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

दीर्घकालीन रूपमा विपद्को जोखिम न्यूनीकरणका लागि भौगोलिक अध्ययन टोली तत्काल रोल्पा पठाएर अध्ययन गर्नुपर्ने पुनको भनाइ छ ।

अध्ययनका आधारमा पुनस्र्थापना तथा पुनर्निर्माणको दीर्घकालीन व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि

दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार

काठमाडौं,१ भदौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार विहान गरिने भएको छ । श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा घरमै