सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि सामाजिक सञ्जालमार्फत हुने आरोप र चरित्रहत्या रोक्न माग गर्नुभयो ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राना मगरले विधेयकमा ‘वेश्यावृत्ति’, ‘वेश्यागमन’ लगायतका शब्द प्रयोग गरिएको भन्दै त्यसलाई पुनरावलोकन गर्न आग्रह गर्नु भयो ।

उहाँले भँँन्नु भयो, ‘मैले यो विधेयक अलिअलि पढेँ तर यहाँ धेरै शब्द वेश्यावृत्ति, वेश्यागमन भनेको छ । अहिले यो अवस्थामा आएर पनि हाम्रो संविधानमा पनि त्यो अलाउ छैन । हामीले यो शब्द लोकसेवामा प्रयोग गर्दा पूरै विरोध गरेका थियौँ । हामी महिला सांसदहरुले पूरै विरोध गरेका थियौँ । यो लेख्ने पनि पुरुष नै हो कि जस्तो लाग्यो । हरेक ठाउँमा वेश्यावृत्ति भन्ने शब्द आइरहेको छ । यसलाई हटाउन म अनुरोध गर्न चाहन्छु।’

मानव बेचबिखन तथा ओसारपसारको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको भन्दै उनले राज्यले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने बताइन्। उनले महिलामात्र नभई पुरुष, युवा तथा बालबालिकालाई समेत संरक्षणको दायरामा समेट्नुपर्ने धारणा राख्नु भएको छ ।

‘अहिले यसको प्रकृति एकदमै नयाँ तरिकाले गएको छ । त्यसमा राज्यले पूरै ध्यान दिनुपर्छ । यहाँ महिलालाई मात्र हैन पुरुषलाई पनि प्रोटेक्सन गर्नुपर्छ । युवाहरु, बालकहरु सबैलाई समेट्नुपर्छ,’ उहाँले भन्नुभयो ।

सांसद राना मगरले आफूविरुद्ध सामाजिक सञ्जालमा लगाइएका आरोपप्रति पनि आक्रोश व्यक्त गर्नुभयो । आफूले गरेको एउटा नियमापत्तिको विषयलाई लिएर आफ्नै आदिवासी महिला तथा साथीहरूले समेत सामाजिक सञ्जालमा आफूलाई ‘वेश्य’ र ‘चाइल्ड ट्राफिकर’ जस्ता आरोप लगाएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज मैले एउटा नियमापत्ति गर्दा पनि मलाई आफ्नै आदिवासी महिलाहरु, साथीहरु धेरैले वेश्य, चाइल्ड ट्राफिकर भनेर थुप्रै सामाजिक सञ्जालमा लेखेका छन् । मलाई दुःख लागेको छ।’

आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले प्रमाणबिना कसैलाई पनि झुटा आरोप लगाउन नहुने बताउनु भयो ।

‘म च्यालेन्ज दिन्छु, म लाने हो भने हजारौँ जनालाई जेल लान सक्छु । तर म गर्दिनँ । म एक पैसा पनि सरकारको मेरो नाममा खर्च गर्न चाहन्नँ । प्रमाणित गर्नुस्, नभए यसरी मान्छेलाई झुटो आरोप लगाउन पाइँदैन,’ उहाँले भन्नु भयो।

उहाँले सामाजिक सञ्जालमा नेपाली महिलामाथि विभिन्न प्रकारका आरोप लगाउने प्रवृत्ति बढेको भन्दै त्यसप्रति राज्य र संसद् गम्भीर हुनुपर्ने बताउनु भयो । महिलामाथि हुने यस्ता आरोपले व्यक्तिगत रूपमा गहिरो पीडा दिने उहाँको भनाइ थियो ।

‘नेपाली महिलाहरुमाथि यस्ता कुराहरु गरिरहेका छन् । तर यो सभा पनि निरीह देखिरहेको छ । मलाई कति पीडा भएको छ, मलाई मात्र थाहा छ । जसलाई पीडा हुन्छ, उसलाई मात्र थाहा हुन्छ,’ सांसद राना मगरले भावुक हुँदै भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि