नेपालीविरुद्ध विदेशमा अपराध गर्ने पनि कानुनी दायरामा आउँछन् : न्यायाधीश ढुंगाना

काठमाडौं,२ भदौ । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले नेपाली नागरिक जुनसुकै मुलुकमा रहेको भए पनि उनीहरूविरुद्ध विदेशमा हुने कसुरजन्य कार्यमा संलग्न व्यक्ति नेपाल प्रवेश गरेपछि नेपालको कानुनी दायरामा आउने व्यवस्था मुलुकी संहिताले गरेको बताउनु भएको छ् ।सोमबार मन्त्रालयद्वारा आयोजित ‘मुलुकी संहिता दिवस, २०८३’ समारोहलाई सम्बोधन गर्दै ढुंगानाले संहिताले नेपालको क्षेत्राधिकारभन्दा बाहिर भएका केही कसुरमा समेत नेपाली नागरिकको संरक्षण हुने महत्वपूर्ण व्यवस्था गरेको बताउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘नेपालको नागरिक जुनसुकै ठाउँमा रहेपनि अपराध संहिताको एक्सटेन्सन राज्य क्षेत्रभित्र मात्रै सिमित हुँदैन भन्ने बुझ्नुपर्छ । जुनसुकै ठाउँमा नेपाली नागरिकविरुद्ध कसुरजन्य कार्य हुन्छ भने त्यो कसुरदार नेपालभित्र प्रवेश गर्दा नेपालको कानुनको दायराभित्र पर्दछ भन्ने महत्वपूर्ण व्यवस्था संहिताले गरेको छ ।’उहाँले संहिताले राष्ट्रहितविरुद्धको कसुर, जातिहत्या, राष्ट्रपति तथा संसद्लाई धम्की दिने कसुर, व्यक्ति बेपत्ता पार्ने, आपराधिक लाभ, आपराधिक विश्वासघात, आपराधिक प्रवेश र आपराधिक उपद्रोजस्ता गम्भीर कसुरलाई पहिलोपटक स्पष्ट रूपमा अपराधीकरण गरी सजायको व्यवस्था गरिएको जानकारी दिनु भयो ।

 

ढुंगानाका अनुसार यसअघि नेपालमा अपराधका रूपमा स्पष्ट रूपमा समेटिएका नभएका यस्ता कसुरलाई मुलुकी अपराध संहिताले कानुनी दायरामा ल्याएको हो ।उहाँले फौजदारी न्याय प्रणालीमा पीडितलाई केन्द्रमा राख्दै क्षतिपूर्तिलाई न्यायको महत्वपूर्ण आधारका रूपमा संहिताले आत्मसात् गरेको बताउनु भयो । पीडितको अधिकारलाई थप मजबुत बनाउन तत्कालीन व्यवस्थापिका संसद्ले ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ समेत जारी गरेको बताउनु भयो ।उहाँले नेपालको कानुनी प्रणालीले पीडितको न्याय र क्षतिपूर्तिलाई फौजदारी न्यायको अभिन्न अंगका रूपमा स्वीकार गरिसकेको बताउनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना