सडक दुर्घटनामा मृत्यु हुनेको संख्या भयावह छ : सांसद बयक

काठमाडौं ,२ भदौं। नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रेमबहादुर बयकले नेपालमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भयावह बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बयकले हरेक वर्ष सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्नु अत्यन्तै चिन्ताजनक विषय भएको बताउनुभयो ।

‘सवारी र सडक दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या कहालीलाग्दो छ । हरेक वर्ष यो सङ्ख्या बढ्नु अत्यन्तै चिन्ताजनक विषय हो,’उहाँले भन्नु भयो, ‘नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२÷८३ मा सडक दुर्घटनामा परि कुल २ हजार ६०७ ज्यान गुमाएका छन् ।’

उहाँका अनुसार नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२÷८३ मा सडक दुर्घटनामा परी २ हजार ६०७ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनाबाट दैनिक औसतमा मानिसको मृत्यु हुने अवस्था रहेको बताउनु भयो ।

सांसद बयकले साँघुरा सडक तथा कमजोर पूर्वाधार, चालकको लापरबाही, तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउनु दुर्घटनाका प्रमुख कारण रहेको बताउनु भयो ।

पछिल्लो समय सवारी साधन चलाउँदा चालकले मोबाइल फोन प्रयोग गर्नु पनि दुर्घटनाको मुख्य कारण बन्दै गएको उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना