काम गर्नेको अनावश्यक आलोचना गर्ने प्रवृत्ति अन्त्य गरौँ : सांसद पराजुली

काठमाडौं,२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले देशका लागि काम गर्न खोज्ने व्यक्ति र सरकारको अनावश्यक आलोचना गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनु भएको छ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले वर्तमान सरकार पनि निरन्तर काम गरिरहेका कारण आलोचनाको सिकार भएको बताउनु भएको छ । उहाँले प्रधानमन्त्रीले देशको मुहार फेर्ने उद्देश्यसहित अहोरात्र काम गरिरहेको भन्दै काम गर्दा आलोचना हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘हाम्रो देशमा केही गर्छु भन्ने मान्छेको आलोचना हुन्छ । त्यसको सिकार वर्तमान सरकार पनि भएको छ । प्रधानमन्त्रीज्यू देशको मुहार फेर्छु भनेर अहोरात्र खटिराख्नु भएको छ । निरन्तर काम गर्दा उहाँकै आलोचना हुन्छ ।’पराजुलीले जिम्मेवार सरकारको प्रतिनिधिका रूपमा मन्त्री सुनिल लम्सालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफैँ गाडी चलाएर वर्षायाममा देशका दूरदराजमा पुगेर जनताको समस्या बुझिरहेको बताउनु भयो।

 

‘उहाँ कुनै रिबन काट्न जानुभएको होइन । तर पनि उहाँकै आलोचना हुन्छ,’ उहाँले भन्नु भयो। सांसद पराजुलीले आलोचनाका लागि मात्रै आलोचना गर्ने संस्कारको अन्त्य गर्दै सकारात्मक कामको समर्थन र नकारात्मक कामको आलोचना गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनु भयो।‘आलोचनाका लागि आलोचना होइन, सकारात्मक कुराको समर्थन र नकारात्मक कुराको आलोचना गर्ने संस्कार विकास गर्न अनुरोध गर्छु,’ उहाँले भन्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,

सरकार र रास्वपा माथि सांसद पोर्तेलको कडा प्रहार

काठमाडौँ,३ भदौ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि संसद्मा कडा प्रहार गर्नु भएको छ।राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय