दुर्गालाल श्रेष्ठका गीतले मलाई विश्वमा चिनायो : आनी छोइङ डोल्मा

काठमाडौं ,२ भदौ । फूलको आँखामा फूलै संसार बोलको हिट गीतकी गायिका आनी छोइङ डोल्माले दिवंगत दुर्गालाल श्रेष्ठकै गीतका कारण आफू विश्वभर परिचित भएको प्रतिक्रिया दिनु भएको छ ।संगीतज्ञ र कविका रुपमा परिचित श्रेष्ठले नै रचना गर्नुभएको फूलको आँखामा फूलै संसार बोलको गीतमा आफूले स्वर दिन पाएको र सोही गीतले विश्वमा चिनाएको उहाँको भनाइ थियो ।९३ वर्षको उमेरमा आइतबार राति बूढानीलकण्ठस्थित निवासमा निधन हुनुभएका श्रेष्ठसँग आफूले ६० वटाजति गीतमा काम गरेको पनि आनी छोइङले बताउनु भयो।

 

‘यो गीत जहाँ जस्तो अवस्थामा हिडेपनि गुन्जिन्छ । सबैले इन्जोइ लिइरहेका हुन्छन् । धेरैका लागि ज्ञानवद्र्धक गीत बनेको छ । हरेक घरका अभिभावकहरुले पनि आफ्ना बच्चाहरुलाई यही गीत गाउन प्रेरित गरिरहेका छन् । सोही गीतले आज मलाई विश्वले चिनेको छ,’ उहाँले भन्नु भयो।श्रेष्ठका गीतहरु सरल भाका र शब्दमा हुने भएकाले सबैले मन पराउने गरेको उहाँले सुनाउनु भयो ।

 

आनी छोइङले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ्,‘मेरो जीवनको एक अत्यन्तै अमूल्य व्यक्तिको निधनले मलाई गहिरो दुःख लागेको छ । हाम्रा अति प्रिय र आदरणीय दुर्गा लाल श्रेष्ठ ज्यू, नेपाली साहित्यका एक अति नै प्रिय र कहिल्यै अभाव पूर्ति गर्न नसकिने व्यक्तित्व हुनुहुन्थ्यो, साथै मेरो जीवन र हाम्रो राष्ट्रको लागि एक अमूल्य निधि हुनुहुन्थ्यो ।

 

उहाँ ‘फूलको आँखामा’ र मेरा धेरै मनपर्ने नेपाली गीतहरू पछाडिको काव्यात्मक हृदय हुनुहुन्थ्यो। कविता, गीत र बालसाहित्य मार्फत उहाँले दिनुभएको दशकौँको योगदानलाई नेपाली जनमानसका कैयौँ पुस्ताले गहिरोसँग सँगालेर राख्नेछन्। उहाँको परिवार र प्रियजनहरूप्रति मेरो गहिरो समवेदना छ। मेरो जीवनमा उहाँका सुन्दर गीतहरूको आशीर्वाद प्राप्त भएकोमा म सदैव आभारी रहनेछु ।’श्रेष्ठको मंगलबार दिउँसो काठमाडौंको शोभा भगवतीमा अन्तिम संस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,

सरकार र रास्वपा माथि सांसद पोर्तेलको कडा प्रहार

काठमाडौँ,३ भदौ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि संसद्मा कडा प्रहार गर्नु भएको छ।राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय