बाढी–पहिरो प्रभावितको उद्धार र राहत तत्काल गर्न कांग्रेसको माग

काठमाडौँ , १० भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले रसुवाबाट सुरु भएको विनाशकारी बाढी र पहिरोले देशभर शोकको वातावरण सिर्जना गरेको बताउनु भयो।प्रतिनिधि सभाको बुधबारको बैठकमा उहाँले विपद्को यो कठिन घडीमा राजनीतिभन्दा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइनु भयो।

 

सचेतक थापाले विपदमा परेका नागरिकले राज्य हाम्रो साथमा छ र सरकार हाम्रो दुःखमा उभिएको छ भन्ने अनुभूति गर्न पाउनुपर्ने बताए। उहाँले उद्धार, राहत र उपचारका सम्पूर्ण संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग माग गरिन्। बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार र विस्थापित परिवारको सुरक्षित व्यवस्थापनमा कुनै कसर बाँकी राख्न नहुने उहाँको भनाइ थियो।

 

सरकारले गर्ने हरेक उद्धार तथा राहतका कार्यमा नेपाली कांग्रेसले खुल्ला हृदयका साथ पूर्ण सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भयो। ‘यो सङ्कटको समयमा सरकारलाई सहयोग गर्नु हाम्रो राजनीतिक जिम्मेवारी मात्र होइन, मानवीय दायित्व पनि हो,’ उहाँले भन्नु भयो । नेपाली कांग्रेसका कार्यकर्ताहरू अहिले प्रभावित क्षेत्रमा पुगेर जनताको सेवामा जुटिसकेको जानकारी पनि उहाँले दिइनु भयो ।

 

बाढीले पु¥याएको क्षतिको यथार्थ विवरण सङ्कलन गरी पुनस्र्थापना र पुनर्निर्माणका कामलाई ढिला नगरी अगाडि बढाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो। प्रभावित क्षेत्रका लागि आवश्यक राहत सामग्री तत्काल पु¥याउनुपर्नेमा उहाँले जोड दिइनु भयो।रसुवा, नुवाकोट, धादिङ, चितवन र गोर्खाका नागरिकको दुःखमा सिङ्गो नेपाल उभिएको बताउँदै उनले सबैलाई धैर्य धारण गर्न र विपद् व्यवस्थापनमा जुट्न अपिल गर्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढी, ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला

काठमाडौं,१० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जानकारी प्रतिनिधिसभालाई गराउनु भयो । प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट

संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो

काठमान्डौ,१० भदौ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबारको प्रतिनिधिसभा बैठकको सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिनुभएको छ । बुधबारको बैठकमा

भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्क विहीन

काठमान्डौ,१० भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । नेपाल

दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न लामिछानेको आह्वान

काठमान्डौ,१० भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई पूर्ण सहयोग

३०० भन्दा बढी गाडी बगायो, ५ कर्मचारी बेपत्ता

काठमाडौँ , १० भदौ । रसुवामा बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडीसहित अन्य सामाग्री पनि बगाएको छ । अर्थमन्त्रालयका अनुसार अझै ५ जना कर्मचारी सम्पर्कविहीन

आगो बालेर धुवाँमार्फत सिग्नल दिन गृहमन्त्रीको आग्रह

काठमान्डौ,१० भदौ । भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ । गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय