काठमाडौं ,२१ कार्तीक। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाली समाज, भाषा, राजनीति, आदिवासी जनजातिको अधिकार र मानव अधिकारका क्षेत्रमा पु¥याएको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको बताँउनु भएको छ।पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले तुलाधरको जीवन, संघर्ष र योगदानबाट वर्तमान पुस्ताले धेरै कुरा सिक्न सक्ने बताँउनु भयो ।
उहाँले तुलाधरलाई भाषा प्रेमीहरूका लागि प्रेरणाको स्रोतका रूपमा स्मरण गर्दै नेपाल भाषाको सँर्वद्धन र प्रर्वद्धन उहाँले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नु भयो । उहाँले राजनीतिक क्षेत्रमा उहाँले देखाएको भूमिका, विचारमा मतभेद भए पनि संवाद र विमर्शमार्फत शान्तिको बाटो रोज्नुपर्ने सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताँउनु भयो।‘विचारमा फरक हुन सक्छ, मतभेद हुन सक्छन्, तर राष्ट्रका लागि एकजुट भएर शान्ति प्रक्रियामा अघि बढ्नुपर्छ भन्ने उहाँको सन्देश आज पनि महत्त्वपूर्ण छ,’ डंगोलले भन्नु भयो ।डंगोलले तुलाधरले आदिवासी जनजातिका अधिकार तथा मानव अधिकारका क्षेत्रमा उठाएका मुद्दाहरू अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको बताँउनु भयो । उहाँले सुरु गरेका आन्दोलन र उठाएका सवालहरू आज पनि जीवन्त रहेकाले त्यसलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिइनु भयो ।
विशेषगरी युवा पुस्तालाई तुलाधरको योगदान र नेपालको शान्ति प्रक्रियाको इतिहासबारे जानकारी गराउनुपर्ने उहाँले बताँउनु भयो । अहिलेको पुस्ताले विगतको द्वन्द्व र शान्ति प्रक्रियाका चुनौतीहरू प्रत्यक्ष अनुभव नगरेको उल्लेख गर्दै उहाँले ती कठिन परिस्थितिमा एक व्यक्तिले पनि समाज र राष्ट्रको दिशामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने उदाहरण तुलाधरको जीवनबाट सिकाउनुपर्ने बताँउनु भयो ।यसैबीच, काठमाडौं महानगरपालिकाले तुलाधरको जीवनी प्रकाशन तथा त्यसलाई नयाँ पुस्ताले बुझ्ने माध्यमबाट प्रस्तुत गर्ने कार्यमा सहकार्य गर्न तयार रहेको डंगोलले बताँउनु भयो। महानगरपालिकाको अघिल्लो कार्यकालमा सुरु भएको जीवनी तथा पुस्तक प्रकाशनको पहललाई निरन्तरता दिन पाउँदा खुसी लागेको उहाँले बताँउनु भयो ।
उहाँले पद्मरत्न तुलाधर प्रतिष्ठानलाई उहाँको जीवनी सरल भाषा र नयाँ पुस्ताले बुझ्ने माध्यमबाट प्रस्तुत गर्न विशेष आग्रहसमेत गर्नु भयो।‘इतिहास बिर्सिँदै गएको समयमा इतिहास सम्झाउन र त्यसका महत्त्वपूर्ण पक्षलाई नयाँ पुस्ताले बुझ्ने गरी प्रस्तुत गर्न जरुरी छ,’ उहाँले भन्नु भयो, ‘यसले उहाँले उठाउनुभएका मुद्दा र गर्नुभएका योगदानलाई जीवित राख्नुका साथै वर्तमान पुस्ताको काममा समेत प्रतिबिम्बित गर्न सहयोग पुग्नेछ।’डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरको सत्कर्म र उहाँले देखाएको मार्गलाई आत्मसात् गर्दै समाज र राष्ट्रका लागि योगदान गर्न सबैलाई आग्रह गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भयो ।










