हवाई भाडा वृद्धिप्रति खुश्बु ओलीको आपत्ति

काठमान्डौ ,१० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले मुलुक प्राकृतिक विपद् र राष्ट्रिय संकटको घडीमा रहेका बेला निजी वायुसेवा कम्पनीहरूले हवाई भाडामा गरेको अस्वाभाविक वृद्धि गरेको भन्दै विरोध गर्नु भएको छ ।

नागरिकको बाध्यताको फाइदा उठाएर नाफा कमाउन खोज्नु अमानवीय र आपत्तिजनक रहेको भन्दै उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विपद्का कारण सडक सञ्जाल अवरुद्ध भई नागरिकको आवागमन कठिन भएको अवस्थामा हवाई भाडा बढाउनु सामाजिक उत्तरदायित्व विपरीत भएको बताएकी छन्। ूदेश राष्ट्रिय संकटको घडीमा छ। यस्तो अवस्थामा नागरिकको आवागमन सहज बनाउनुको सट्टा आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा अस्वाभाविक रूपमा बढाउनु गम्भीर र आपत्तिजनक छ,ू उहाँले भन्नु भयो, ूसंकट नागरिकमाथि नाफा कमाउने अवसर होइन।ू

उहाँले वायुसेवा कम्पनीहरूलाई प्रश्न गर्दै विपद्को समयमा नागरिकको बाध्यताको शोषण गर्ने कि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने भन्ने विषयमा सोच्न आग्रह गर्नु भएको छ। सडक मार्ग बन्द भएपछि हवाई यात्राको विकल्प खोजिरहेका सर्वसाधारण मारमा परेको उल्लेख गर्दै सांसद ओलीले अस्वाभाविक भाडा वृद्धिलाई तत्काल नियन्त्रण गर्न नेपाल सरकारसँग माग गर्नु भएको छ ।

साथै, उहाँले नागरिकलाई राहत दिन र सहज आवागमन सुनिश्चित गर्नका लागि प्रभावकारी कदम चाल्न समेत सरकारलाई आग्रह गर्नु भएको छ । बुधबार बिहान चीनतर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा व्यापक धनजनको क्षति भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवाको बाढीमा ७९ जना सुरक्षाकर्मी सहित ४७७ जना सम्पर्कविहीन

काठमान्डौ १० भदौ । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना

होस्टेल र त्रिशूलीवारिका विद्यार्थी सुरक्षित, केही सम्पर्कविहीन भएको आशङ्का

काठमाडौँ,१० भदौ । त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताउनु भएको छ् । यस विद्यालयमा कुल

रसुवा र नुवाकोटमा १४ जलविद्युत् आयोजना क्षतिग्रस्त

काठमाडौँ , १० भदौ। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको

सम्भव भएसम्मको सहायता उपलब्ध गराउन तयार छौ : मोदी

काठमान्डौ,१० ,भदौ । रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिप्रति भारतीय समकक्षी नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग टेलिफोन संवाद गर्नु भएको छ।

ग्यिरोङ नाकाको सडक, बिजुली र सञ्चार ठप्प

काठमाडौँ , १० भदौ । रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गर्नुअघिको भीषण बाढीको असर चीनको तिब्बत क्षेत्रमा पनि परेको छ । चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीका

नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

काठमान्डौ,१० भदौ । नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालस्थित पाकिस्तानी दूतावासले गहिरो दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ । दूतावासले कठिन यस