रास्वपाको आह्वानमा बसेको बैठकमा कोको गए?

बैठकमा बाढीबाट उत्पन्न परिस्थितिमा राजनीतिक दलहरूबीच आवश्यक समन्वय र आगामी कदमबारे छलफल

काठमाडौ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । रसुवामा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बैठक बोलाएका हुन् ।

 

बैठक बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा सुरु भएको बैठकमा रास्वपा सभापति लामिछाने, कांग्रेस सभापति गगनकुमार थापालगायत शीर्ष नेता सहभागी छन् ।

 

बैठकमा बाढीबाट उत्पन्न परिस्थितिमा राजनीतिक दलहरूबीच आवश्यक समन्वय र आगामी कदमबारे छलफल हुनेछ । यस्तै, बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत व्यवस्थापन र पछिल्लो अवस्थाबारे छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

 

बढीले रसुवागढी क्षेत्रसहित विभिन्न स्थानमा जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट खोज तथा उद्धार कार्य जारी छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपद्को सामना गर्न सबै एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमान्डौ,११ भदौ । नेपाली कम्युनिष्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमान्डौ,११ भदौ ।काठमाडौं (भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ।

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै उद्धारमा खटाइने

काठमान्डौ,११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न सरकारले निर्देशन दिएको

बाढी–पहिरो प्रभावितका लागि एनआरएनएद्वारा ५ करोड सहयोगको घोषणा

काठमाडौं,११ भदौ । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए )ले पाँच करोड

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक ऊर्जाको व्यवस्था

काठमाडौं,११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ

अप्रत्यासीत बाढीले चीनमा कस्तो असर पार्यो(भिडियोमा हेरौ )

चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले सिजाङमा आपत्कालीन उद्धार तथा विपद् राहत कार्यका लागि १२ करोड युआन (करिब १ करोड ७६ लाख ९० हजार अमेरिकी डलर) राहत कोष विनियोजन गरेका छन् ।