विपद् प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र पारिएको छ : प्रधानमन्त्री

काठमाडौं,११ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले विपद् प्रभावित क्षेत्रमा यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्य तीव्र पारिएको बताउनु भएको छ ।बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सिङ्गो देश, विश्वभरका नेपालीहरू, अन्तर्राष्ट्रिय समुदाय समेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना भइरहेको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ । सिङ्गो देश, विश्वभरका नेपालीहरू, अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ ।’प्रधानमन्त्री शाहका अनुसार आज बिहान ६ः३० बजेदेखि उद्धारका लागि उडान सुरु भएकोमा अहिलेसम्म १५ भन्दा बढी उडान सञ्चालन भइसकेका छन् । थप हेलिकोप्टरसमेत उद्धारका लागि तयारी अवस्थामा राखिएको उहाँले बताउनु भयो ।नेपाली सेनाले रसुवाको टिमुरेमा सञ्चालन गरेको उद्धार अभियानबाट ११६ जनालाई सकुशल उद्धार गरिएको उहाँले बताउनु भयो । उहाँले उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका जानकारी दिनु भयो ।

 

उहाँले भन्नु भयो, ‘नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ । उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन् । यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ ।’उहाँका अनुसार प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिनलगायत अत्यावश्यक सामग्री पठाउने काम भइरहेको छ । उनले चाँडै प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क र मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने बताउनु भयो ।

 

नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना र पानीको व्यवस्था गरिएको छ। साथै, ड्रोनमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको प्रधानमन्त्री शाहले बताउनु भयो।उद्धारका क्रममा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने जनाइएको छ । प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई धैर्य र संयम राख्न आग्रह गर्दै राज्यको सम्पूर्ण संयन्त्र उद्धार तथा राहतमा परिचालित रहेको बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं,११ भदौ ।रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग

यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प

काठमाडौं,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ । भोटेकोशी बाढीपछि

विपद्को सामना गर्न सबै एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमान्डौ,११ भदौ । नेपाली कम्युनिष्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमान्डौ,११ भदौ ।काठमाडौं (भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ।

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै उद्धारमा खटाइने

काठमान्डौ,११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न सरकारले निर्देशन दिएको

बाढी–पहिरो प्रभावितका लागि एनआरएनएद्वारा ५ करोड सहयोगको घोषणा

काठमाडौं,११ भदौ । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए )ले पाँच करोड